कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा एक महिलामाथि बाघले आक्रमण गरेको छ । बाघ आक्रमणमा परेकी महिलाको अवस्था अज्ञात छ ।
Advertisement
बेलौरी नगरपालिका ८ पचुईकी ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरेर लगेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले लगेको छ। उनको खोजी कार्य भइरहेकोछ ।
गत चैत मध्यदेखि सो क्षेत्रमा बाघ देखिइरहेको छ । चैत तेस्रो साता भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि पुनर्वास नगरपालिका १० की एक महिलाको मृत्यु भएको थियो।