नेपालगञ्ज । बाँकेबाट ४ किलो ९२७.२१८ ग्राम सुनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नं.९ बस्ने वर्ष ४२ को रमेश सोनी र वर्ष ३६ को प्रकाश ठाकुर रहेका छन्।
Advertisement
यही चैत ६ गते राति ८ः ४५ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका–४ न्युरोडस्थित न्यू ईन्द्रेणी होटलतर्फ जाँदै गरेका केही मानिसहरुले अवैध सुनको कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले संकास्पद रुपमा रहेका उनीहरुलाई चेकजाँच गरेको थियो ।
त्यसक्रममा उनीहरुले बोकेको झोलाभित्र सुनको जस्तो देखिने विभिन्न गरगहनाहरु ४ किलो ९२७.२१८ ग्राम सहित पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।