• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ


  •   बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
  • सन्तोष पुर्कुटी, ताप्लेजुङ ।
    वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन् । तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो ।

    Advertisement

    विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो । यतिबेला यहाँका पर्यटकीय गन्तव्यको यात्रा जो कोहीका लागि पनि सहज र स्मरणीय बन्नेछ ।

    विश्वको तेस्रो अग्लो (८५८६ मिटरको उचाइमा रहेको्र) कञ्चनजङ्घा, हिमाल पर्वतारोही र पदयात्रा गर्नेका लागि उपयुक्त गन्तव्य हो । कञ्चनजङ्घासहित त्यस वरपरका परिदृश्यले आरोही एवं पदयात्रीलाई आनन्द प्रदान गर्ने भएकाले उक्त हिमालमा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । चैत, वैशाख, जेठ, कात्तिक र मङ्सिर महिनामा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु पदयात्राका लागि आउने गरेका छन् । आरोहण भने वैशाख र जेठमा हुने गरेको छ ।

    पर्यटन व्यवसायीका अनुसार सामान्यतया ४५ दिनमा कञ्चनजङ्घा आरोहण गरेर फर्किन सकिन्छ भने सदरमुकाम फुङ्लिङदेखि कञ्चनजङ्घा आधारशिविर पदयात्रा गरेर फर्किन करिब १७ दिनको समय लाग्छ । कञ्चनजङ्घा जान तीन वटा पदमार्ग छन् । सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङलुङ गाउँपालिकामा पर्ने तापेथोक, घुन्सा र अर्को सुकेटार हुँदै सिरिजङ्घा गाउँपालिकाको तेल्लोक याम्फुदिन भएर पुग्न सकिन्छ । यस्तै पाँचथरको गणेशचोक, आम्बेगुदिनस्थित हप्पुखोला र खेवाङ हुँदै अर्को बाटोबाट पनि जान सकिन्छ । याम्फुदिन र तापेथोकसम्म सवारी साधनमै जान सकिन्छ ।

    झापाको विर्तामोडबाट मेची राजमार्ग र धरानबाट तमोर करिडोरको बाटो हुँदै ताप्लेजुङमा आउन सकिन्छ । कञ्चनजङ्घा पदयात्राका क्रममा पहाडका टाकुरा, हरियाली वनजङ्गल, खोला, झरना, हिमाली क्षेत्रका चराचुरुङ्गी र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ । पदयात्राकै क्रममा विभिन्न जातजातिको वेषभूषा, भाषा, संस्कार संस्कृति र रहनसहनलाई समेत नियाल्न पाइन्छ । पदमार्गका विभिन्न ठाउँमा सामान्यदेखि सुविधासम्पन्न होटल सञ्चालनमा रहेका छन् ।

    नेपालका प्रमुख शक्तिपीठमध्ये यहाँस्थित पाथीभरा मन्दिर पनि एक हो । समुन्द्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री आउने गरेका छन् । अलौकिक शक्तिपीठका रुपमा मानिने पाथीभराको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ । यहाँ बडादसैँका बेला अन्य समयमा भन्दा धेरै तीर्थयात्री आउँछन् । त्यसपछि फागुन, चैत र वैशाखमा आउने गर्छन् । चैत, वैशाखमा प्रकृतिको सुन्दरता खुल्ने र मौसमसमेत न्यानो हुने भएकाले यो समयमा घुमघाम र पूजाआजा गर्ने दुवै खालका पर्यटक आउने गर्छन् ।

    उच्च क्षेत्रमा पाइने विभिन्न प्रजातिका बोटविरुवा, गुराँस, रेडपाण्डासहितका जीवजन्तुको अवलोकन गर्दै पुग्न सकिने पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्णसहितका हिमालकोसमेत अवलोकन गर्न सकिन्छ । धार्मिकरुपले महत्वपूर्ण मानिने पाथीभरामा पुग्नेले प्राकृतिक सुन्दरताको समेत आनन्द लिन सक्छन् । सदरमुकाम फुङ्लिङबाट सुकेटार हुँदै काफ्लेपाटीसम्म सवारीसाधनमा र सोभन्दा माथि हिँडेर जानुपर्छ । काफ्लेपाटी र त्यसमाथि रहेको माथिल्लो फेदीमा दर्जनौं होटल, पसल सञ्चालनमा छन् ।

    जति हेरे पनि हेरिरहुँ लाग्ने मनमोहक फुङ्फुङे झरना पनि यहाँको आकर्षक पर्यटकीय गन्तव्य हो । मिक्वाखोला गाउँपालिकाको साँवामा पर्ने यो झरनामा करिब तीन सय मिटर माथिबाट आरामदायी ध्वनिका साथ कञ्चन पानी झरेको दृश्य देख्न सकिन्छ । यो झरना हिउँदको समयमा पानी सुकेर केही सानो र बर्खाको समयमा निक्कै ठूलो देखिन्छ । झरना भएको ठाउँसम्म नै सवारीसाधन पुग्छन् ।

    झरनाको अवलोकन गर्ने ठाउँसम्म पुग्न सडकदेखि करिब दुई सय मिटरभन्दा लामो दूरीमा पैदलमार्ग निर्माण भएको छ । झरनाको दृश्य अवलोकनका लागि हेर्ने र बस्ने ठाउँसमेत बनाइएको छ । झरनाको अवलोकनसँगै झरनासहितका तस्बीर कैद गर्न सकिन्छ । नजिकै लिम्बू समुदायको बसोबास भएकाले उनीहरुको रहनसहन समेत देख्न पाइन्छ । सदरमुकामदेखि सो क्षेत्रमा पुग्न सवारी साधनमा करिब तीन घण्टा लाग्छ ।

    मुलुकका थुप्रै सिमसारमध्ये तिम्बुङ पोखरी सिदिङ्वा गाउँपालिकाअन्तर्गत साविकको कालिखोला गाविसमा पर्ने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको क्षेत्र हो । चार हजार चार सय ८१ मिटरको उचाइमा रहेको पोखरी चार सय ६६ मिटर उत्तर–दक्षिण लम्बाई र एक सय ४५ मिटर पूर्व–पश्चिम चौडाई रहेको जानकारहरु बताउँछन् ।

    विशेषगरी नागपञ्चमी र जनैपूर्णिमाको दिन धेरै पर्यटक यहाँ पुग्ने गर्छन् । हिउँ पर्ने समयमा भने यहाँ पुग्न कठिन छ । वैशाखदेखि असोज, कात्तिकसम्म यो पोखरीमा जान सकिन्छ । यस पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै आवाज आउने गरेको बताइन्छ । पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुने जनविश्वास छ । पोखरीको दर्शन गरे मनोकांक्षा पूरा हुने र भए गरेका पापबाट मुक्ति पाइने पनि मान्यता रहिआएको छ ।

    मनसुनी समयमा प्राकृतिक सोन्दर्यतामा रमाउन चाहने धेरै मानिस बर्सेनी यो पोखरीमा पुगेर फर्किन्छन् । हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गई सकेपछि ठाउठाउँमा ढकमक्क फुलेका हिमाली फूलले मन नै फुरुङ्ग भएर आउँछ । केन्जो (रेनुम नोविल) माइकोपिला, पदमचाललगायतका फूलहरुले भरिने त्यस क्षेत्रमा पुगेपछि फूलैफूलको बगैँचामा घुमेको आभास हुने गर्छ ।

    विश्व संरक्षित सूचीमा रहेको रेडपाण्डा, बहुमूल्य जडीबुटी केञ्जो, पाँचऔँले, विखमा, पदमचाल, चिराइतो, यार्सागुम्बा, कुड्की, बुढो ओखतीलगायतका जडीबुटी पनि यही क्षेत्रमा पाइन्छ । फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, गोठालाहरुसँग गोठमै खानु बस्नुको मज्जा छुट्टै छ । गोठमै पनि खान र बस्न पाइन्छ । पछिल्लो समय पदमार्गका केही ठाउँमा होमस्टेसहित होटल पनि खुलेका छन् ।

    यो पोखरीमा पुग्नलाई पाँचथर वा ताप्लेजुङका दुई वटा फरक रुट रहेका छन् । जताबाट गए पनि दुई दिनकोसम्मको यात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरीजङ्घा स्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ । पाँचथर तर्फबाट जाँदा कालीखोलासम्म र ताप्लेजुङतर्फ सिरीजङ्घाको खेवाङसम्म सवारी साधनमा पुगिन्छ । सोभन्दा माथि एक दिनको पैदल यात्रा गर्नुपर्छ । पोखरीको आसपासमा अरु पनि ससाना थुप्रै पोखरी रहेका छन् । हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयुर पोखरी, नीर पोखरीलगायतका दर्जनौं पोखरीहरु रहेका छन् । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जलिङलगायतका ठाउँसमेत देख्न सकिन्छ ।

    दिकीछ्योलिङ गुम्बा चीनको तिब्बतसँग सीमा जोडिएको हिमाली गाउँ ओलाङचुङ्गोलामा रहेको छ । ऐतिहासिक गुम्बामा करिब सयौँ वर्ष पुराना धार्मिक पुस्तक, ऐतिहासिक बुद्धका मूर्ति र अखण्ड बत्ती रहेको छ । धार्मिक रुपमा महत्वपूर्ण र ऐतिहासिक यस गुम्बामा देश विदेशका बौद्ध धर्मावलम्बी पुग्ने गरेका छन् ।

    करिब तीन हजार दुई सय मिटरको उचाइमा रहेको ओलाङचुङ्गोलामा भोटे समुदायका मानिसको मात्र बसोबास छ । पहाडी तथा हिमाली क्षेत्रका प्राकृतिक दृश्यको अवलोकन गर्दै पुगिने ओलाङचुङ्गोलामा ५२ घर परिवारको बाक्लो बस्ती छ । यहाँ पुग्दा भोटे समुदायको भाषा, वेषभूषा र रहनसहनको समेत अवलोकन गर्न सकिन्छ । यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलास्थित सोदु पोखरी, भूत पोखरीसमेत आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेका छन् । यी पोखरीमा वैशाखदेखि असोजसम्म आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ । सदरमुकामदेखि सवारीसाधन र पैदल गरी दुई दिनको समयमा त्यहाँ पुग्न सकिन्छ ।

    यता सदरमुकाम फुङलिङ बजार नजिकै रहेको सिद्धी डाँडासमेत आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । शिवालय मन्दिर र पोखरी रहेको सिद्धी डाँडामा विभिन्न संरचना निर्माण र प्रचारप्रसार हुन थालेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । चाडबाड, नयाँ वर्षलगायतका अनुकूल समयमा घुमफिरका लागि ठूलो सङ्ख्यामा मानिस जान थालेपछि ती ठाउँको विकासमा समेत स्थानीय सरकारको ध्यानाकर्षण भएको छ ।रासस

    बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.