काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकास्थित तल्लुबगर र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–४ को गोतामकोट जोड्ने भेरी नदीको पुल भाँचिदा नौ जना मजदुर गम्भीर घाइते भएका छन् ।
Advertisement
जाजरकोट–रुकुमपश्चि हुँदै डोल्पा जोड्ने भेरी नदीमाथि बनेको बेलिब्रिज पुल बिहीबार दिउँसो भाँचिएको हो ।
जिल्ला प्रहरी कर्यालय रुकुमपश्चिमका अनुसार पुलको काम गर्दै गर्दा एक्कासि भाँचिएर भेरीमा खस्दा ९ जना कामदार घाइते भएका हुन् । उनीहरुको उद्दार गरेर उपचारका जाजरकोटको तल्लुस्थित प्राथमिक स्वास्थ्य केन्द्र (नलगाड अस्पताल) पठाइएको प्रहरीले जनाएको छ ।
पुल भाँचिएको स्थानबाट अस्पताल पुग्न करिब दुई घण्टा लाग्छ। सबै घाइतेहरुको अवस्था गम्भीर छ।