• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पिताजी खिमविक्रमको गिरफ्तारी तथा मेरो कम्युनिस्ट पार्टीमा प्रवेश

"सङ्क्षिप्त संस्मरण शृङ्खला–१० "

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    कुन प्रकारको घटनाक्रमका कारणले जुद्दोदय पब्लिक हाईस्कुलमा पढ्दापढ्दै मेरो पढाइ छुट्यो ? पहिलेको एउटा संस्मरणमा त्यो कुराको मैले पछि चर्चा गर्ने बताएको थिए, आज मैले त्यही घटनाक्रमको चर्चा गर्न चाहन्छु ।

    Advertisement

    २००७ सालमा प्युठानका अड्डा कब्जा गरेपछि पिताजी खिमविक्रम जिल्लाको सहायक गभर्नर बन्नुभएको थियो । म २००९ सालमा हिउँदको छुट्टीमा प्युठान आउँदा उहाँ जिल्लाको गभर्नर बन्नुभएको थियो तर गभर्नर भएकै बेलामा उहाँलाई गिरफ्तार गरेर जेलमा हालिएको थियो ।

    गाउँका केही दाजुभाइसित उहाँका पहिलेदेखि नै कैयौँ झगडा थिए । त्यही प्रकारका झगडाको सिलसिलामा २००१ सालतिर हो जस्तो लाग्छ, मच्छीको एउटा घरको बाहिरपट्टि सुतेको बेलामा उनीहरूले दलबलसहित खुकुरीले उहाँमाथि आक्रमण गरेको र अकस्मात कतैबाट गाउँमा आइपुगेका एउट पन्जाबी साधुले तातो ध्युद्वारा उहाँको उपचार गरेपछि उहाँलाई सन्चो भएको कुराको मैले पहिले नै उल्लेख गरिसकेको छु । त्यसरी उहाँको हत्या गर्ने प्रयत्नपछि सन्चो भएको एकाध वर्षपछि उहाँ एक दिन बिहान भ्यागुतेको बाटो एक्लै काउछेको घरतिर जाँदै हुनुहुन्थ्यो । बाँटो ढुकेर बसेको एउटा हुलले उहाँमाथि आक्रमण गर्‍यो । उहाँ एक्लै हुनुहुन्थ्यो र एक्लै उनीहरूसँग लड्न थाल्नुभयो । त्यो बेला पनि उनीहरूको उहाँलाई हत्या गर्ने प्रयत्न त सफल भएन तर उहाँको बन्दुक लुटेर लगे । त्यसबारे उहाँले रहजनी मुद्दा दिनुभयो ।

    ‘विक्रम’ नाम राखेको, बाउन्न झ्यालढोका भएको घर बनाएको (तर त्यो घरमा खालि २७/२८ मात्र झ्यालढोका छन्), गाउँबाट निकाला भइसकेपछि पनि पहिलेकै घरमा बसेको आदि उजुरी दिइएका कारणले राणा शासकहरू पहिलेदेखि नै उहाँका विरुद्ध थिए । उहाँका झगडियाहरूले राणा शासकलाई उजुरी गरेपछि उहाँका सबै मुद्दा काठमाडौँमा नै मगाएर हेर्ने आदेश भयो । ती मुद्दाहरू फैसला गर्ने सिलसिलामा अरू सबै मुद्दामा ता पिताजीलाई नै जिताइयो तर भ्यागुतेमा उहाँलाई कुटपिट गरेको र बन्दुकसमेत लुटेर लगेको मुद्दामा झुटा उजुरी गरेको भनेर उहाँलाई पाँच वर्ष ‘कैद’ गर्ने फैसला भयो । त्यो मुद्दामा पनि सबै प्रमाण पिताजीको पक्षमा नै थिए तर मुद्दा हेर्ने राणा जर्नेलले उहाँप्रति धेरै क्रुद्ध भएको हुनाले एउटा मुद्दामा उहाँलाई हराउनुपर्छ र सजाय गर्नुपर्छ भनेर नै उहाँलाई हराइदिएका थिए ।

    त्यो मुद्दामा उहाँलाई ५ वर्ष ‘कैद’ गर्नुपर्दछ भन्ने फैसला गरिएको थियो । त्यो मुद्दामा उहाँलाई हराउने फैसला गर्ने ठेगान भएको कुरा थाह पाइसक्नुभएको थियो । त्यसैले त्यो मुद्दाको अन्तिम फैसला हुने दिन उहाँ आफै हाजिर हुन जानुभएको थिएन र जस्तो कि मैले पहिले एउटा सस्मरणमा उल्लेख गरिसकेको छु, मलाई वारिस बनाएर पठाउनुभएको थियो ।

    कुनै मुद्दामा कैद गर्ने सजाय भएमा त्यो कैदको सट्टा पैसा पनि बुझाउन मिल्दथ्यो तर ‘कैद’ भनेको मुद्दामा जेलमा नै बस्नुपर्दथ्यो ।
    उहाँ गभर्नर नै भएको बेलामा त्यो मुद्दाको मिसिल सर्वाेच्च अदालतबाट प्युठान अदालतमा आयो र त्यही विषयमा पुलिस र प्रशासन सबैले मिलेर उहाँलाई गिरफ्तार गरेर जेलमा हाले र उहाँलाई तुरुन्तै काठमाडौँ चलान गरियो ।

    त्यो बेला म १७ बर्षको थिएँ । म छुट्टीको बेलामा घर आएको थिएँ । पिताजीलाई गिरफ्तार गरेपछि म तुरुन्तै काठमाडौँ गए र म उहाँलाई छुटाउने प्रयत्नमा लागे । त्यस सिलसिलामा मैले काठमाडौँ, प्युठान र सल्यान पुनरावेदन अदालतमा बारम्बार दौडधुप गर्नुपर्‍यो । त्यसै सिलसिलामा मेरो करिब एक वर्षको समय बित्यो र मेरो पढाइ पनि छुट्यो ।

    जुन मुद्दामा उहाँलाई पाँच वर्ष कैद गर्ने सजाय गरिएको थियो, त्यो मुद्दामा उहाँ निर्दाेष हुनुहुन्थ्यो भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो तैपनि उहाँलाई छुटाउन मलाई धेरै गार्‍हो परेको थियो । पिताजीलाई छुटाउन विभिन्न अड्डा– अदालतमा दौडधुप गर्ने क्रममा मलाई प्रशासनको नोकरशाही र भ्रष्ट चरित्रबारे राम्ररी ज्ञान भएको थियो । त्यो ज्ञानको एउटा सकारात्मक परिणाम यो भएको थियो कि त्यसले गर्दा सम्पूर्ण व्यवस्थाप्रति नै मेरो मनमा विद्रोहको भावना पैदा भएको थियो ।

    पिताजीलाई छुटाउन दौडधुप गर्ने बेलामा मेरो पढाइ छुटेकाले मलाई बाह्य पुस्तक पढ्नका लागि धेरै नै फुर्सद मिल्दथ्यो । त्यो बेला मैले बढी समय माक्र्सवादी–लेनिनवादी पुस्तक पढ्नमा नै बिताएँ । पहिले आर्यसमाजी प्रभावका कारणले मेरो मनमा कम्युनिज्मप्रति तीव्र विरोधको भानवा थियो र त्यही विरोधको भावनाले मैले कम्युनिस्ट साहित्य पढ्न थालेको थिए तर अब त्यो विरोधको भावना कम्युनिज्मप्रति समर्थनको भावनामा बदलिँदै गयो । खास गरेर पिताजीलाई जेलबाट छुटाउने क्रममा व्यवस्थाप्रति मेरो मनमा बढ्दै गएको असन्तोष, क्षोभ र विद्रोहको भावनाका कारणले कम्युनिज्मप्रतिको मेरो आकर्षणलाई झन् बढाउदै लगेको थियो । त्यसले गर्दा कम्युनिस्ट पार्टीमा सामेल हुनका लागि मभित्र सैद्धान्तिक आधार तयार भयो ।

    पिताजीलाई छुटाउन करिब एक वर्ष दौडधुप गरेपछि मलाई यो थाह भएको थियो कि उहाँ छुट्ने खालि एउटै उपाय थियो : उहाँको फैसलामा ‘कैद’ भनेर लेखिएको भए पनि कैदको पैसा बुझाएर छुट्ने तर त्यस प्रकारको आदेश मन्त्रिमण्डलले नै गर्न सक्दथ्यो । त्यो बेला मन्त्रिमण्डलबाट त्यस प्रकारको आदेश गराउनको लागि मसित कुनै सम्पर्क थिएन ।

    मैले नेकाबाट २००८ सालमा नै राजीनामा दिइसकेको थिएँ तैपनि मैले दाङका २००७ सालको आन्दोलनमा परिचित भएका काङ्गे्रसका नेताहरूसित सम्पर्क गरे । उनीहरूले मलाई के सल्लाह दिए भने त्यो बेला बी.पी. का विरुद्ध मातृकाले विद्रोह गर्दै थिए । वीरगञ्जमा महाधिवेशन गरेर उनीहरूले नयाँ पार्टी गठन गर्दै थिए । उनीहरूले मलाई त्यो महाधिवेशनमा सामेल हुने सल्लाह दिए । उनीहरूको भनाइ थियो : त्यो महाधिवेशनपछि मातृका नै प्रधानमन्त्री हुन्छन् । त्यसकारण मातृका नेतृत्वको सरकारद्वारा मेरा पिताजीलाई कैदबाट छुटाउनु सम्भव थियो । मैले त्यो कुरा स्वीकार गरे र वीरगञ्जको उनीहरूको महाधिवेशनमा सामेल भएँ ।

    मैले पहिले नै प्रकाशित एउटा मसालमा एउटा लेख लेखेर तथा पछि पनि कतिपय प्रसङ्गमा यो कुरा स्पष्ट गरेको छु कि कुनै सिद्धान्त वा आशाका आधारमा होइन, खालि पिताजीलाई छुटाउनका लागि मातृकाको पार्टीमा सामेल हुनु मेरो गम्भीर प्रकारको गल्ती थियो । अर्काे शब्दमा भन्ने हो भने त्यो मेरो जीवनको एक मात्र यस्तो गल्ती थियो, जुन बेला मैले कुनै सिद्धान्तको आधारमा होइन, एउटा व्यक्तिगत फाइदाको लागि कुनै राजनीतिक पार्टीमा सामेल हुने कार्य गरेको थिएँ । पछि सम्पूर्ण जीवनभरि नै मेरो त्यस प्रकारको गल्तीमा कुनै पुनरावृत्ति भएन ।

    त्यस सन्दर्भमा मैले यो पनि स्पष्ट गर्न चाहन्छु कि त्यो बेला नेकाबाट मैले राजीनामा दिइसकेको थिएँ र कुनै पार्टीमा म सामेल भएको थिइनँ । त्यसरी त्यो बेलामा म एक प्रकारले स्वतन्त्र व्यक्ति थिएँ । मेरो त्यो बेलाको गल्तीलाई यो सन्दर्भमा पनि हेर्नुपर्दछ तैपनि त्यो गल्तीका लागि मेरो मनमा गम्भीर प्रकारको पश्चातापको भावना पैदा भएको थियो ।

    पहिले राणाकालमा पिताजी कुनै मुद्दाको सिलसिलामा काठमाडौँ जेलमा बस्दा उहाँको खड्गमानसिंह बस्नेतसित घनिष्ठ मित्रता कायम भएको थियो । बस्नेत पनि राणा विरुद्ध प्रचण्ड गोरखाको मुद्दामा आजीवन कैद तोकिएर त्यो बेला जेलमा नै हुनुहुन्थ्यो । दुबै जना अत्यन्त लडाकु स्वभावका मान्छे हुनुहुन्थ्यो र त्यसैले दुबै जनाको स्वभावले धेरै मेल खान्थ्यो । त्यसैले उहाँहरूले मित पनि लगाउनुभएको थियो ।

    जुन बेला पिताजी प्युठानबाट चलान भएर काठमाडौँको सेन्ट्रल जेलमा बस्नुभएको थियो, त्यो बेला निर्दलीय मन्त्रिमण्डल थियो र त्यसमा उहाँ (खड्गमान) पनि मन्त्री हुनुहुन्थ्यो । मैले उहाँसित गएर पनि पिताजीलाई छुटाउनको लागि मदत गर्न अनुरोध गरेँ तर उहाँले बताउनुभयो, पिताजीलाई छुटाउने कार्य खालि गृह मन्त्रालयको आदेशद्वारा नै हुन सक्दथ्यो तर उहाँसित त्यो मन्त्रालय थिएन । त्यो मन्त्रालय महावीर शमशेरको मातहतमा थियो । सन्जोगले केही दिनपछि एउटा कार्यविशेषले महावीर शमशेर विदेशमा कतै जानुपर्‍यो र त्यो मन्त्रालय खड्गमान बस्नेतको मातहतमा आयो । त्यसपछि उहाँले जेल प्रशासनको नाममा पिताजीको कैदको सट्टा पैसा बुझेर छाडिदिनू भन्ने आदेश गरिदिनुभयो र त्यो आदेशअनुसार पिताजी जेलबाट मुक्त हुनुभयो ।

    केही दिनपछि त्यो मन्त्रिमण्डल विघटन भयो र मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने तर पिताजीलाई छुटाउनका लागि मैले उनको (मातृकाको) मदत लिनुपरेन ।

    २०१८ सालमा तौलिहवा जेलमा गिरफ्तार भएर भैरहवा जेलमा आएका बेलामा उहाँले (खड्गमानले) राजा र व्यवस्था मानेर जेलबाट छुट्नका लागि मलाई चिठी लेखेर पठाउनुभएको थियो तर बताइरहनुपर्ने आवश्यकता छैन कि मैले त्यो सुझाव मान्न सक्दिनथेँ र मानिनँ पनि ।

    त्यो बेला पिताजीको कैदको सट्टा पैसा बुझाउन एघार सय रुपैयाँ तिर्नुपर्दथ्यो तर मसित त्यति पैसा थिएन । त्यो बेला भारतप्रसाद धिताल र म धोबिचौरको एउटा डेरामा सँगै बस्दथ्यौँ । उहाँसित घरका केही गहना रहेछन् । उहाँले ती गहना बैङ्कमा बन्धक राखेर पैसा निकाल्नुभयो र त्यो पैसा तिरेर पिताजी जेलबाट मुक्त हुनुभयो । जेलबाट छुटेपछि उहाँले पैसाको व्यवस्था गर्नुभयो र बैङ्कमा पैसा बुझाएर भारतजीका गहना फिर्ता गरिदिनुभयो ।

    भारतप्रसाद धितालले र मैले पहिले दरबार हाईस्कुलमा सँगै पढ्थ्यौँ । एकपल्ट उहाँ र म सँगै लक्ष्मिप्रसाद देवकोटाकहाँ ट्युसन पढ्न पनि सँगै गएका थियौँ । मैले पछि त्यो स्कुल छाडेँ । त्यही पनि उहाँसितको मेरो मित्रता कायम रहिरह्यो र हामीहरू सधैँ घनिष्ठ मित्र बनिरह्यौँ । पछि उहाँले युएनओमा काम गर्न थाल्नुभयो । एकपल्ट योजना आयोगको सदस्य पनि बन्नुभएको थियो तर म भूमिगत भएर भारतमा बसेको बेलामा पनि उहाँ मलाई भेट्न कैयौँपल्ट गोरखपुरमा आउनुहुन्थ्यो र मलाई केही आर्थिक मदत पनि गर्नुहुन्थ्यो । पछि एउटा जिप दुर्घटनामा उहाँको मृत्यु भयो ।

    पिताजी जेलबाट छुटेपछि मैले तुरुन्तै मातृकाको पार्टीबाट राजीनामा दिए । पिताजी जेलबाट छुटेपछि हामी दुबै जना प्युठान आयौँ । प्युठान जाने क्रममा मैले पाल्पा तानसेनमा गएर का. कमलराज रेग्मीलाई कम्युनिस्ट पार्टीको सदस्यताका लागि दर्खास्त दिएँ । गहिरो अन्तरद्वन्द्व र पश्चातापको पृष्ठभूमिमा त्यसरी कम्युनिस्ट पार्टीको सदस्यताका लागि दरखास्त दिएको दिन मेरा लागि अत्यन्त प्रशन्नताको दिन थियो । साँच्चै नै त्यो दिन मेरो मन धेरै नै हल्का भएको थियो ।

    प्युठान गएर हामीले प्रगतिशील अध्ययन मण्डल गठन गर्‍यौँ । त्यसको मातहतमा तीन महिनाको जनता प्रशिक्षण शिविर सञ्चालन गर्‍यौँ र त्यही बेला प्युठानको कम्युनिस्ट पार्टी गठन पनि भयो ।

    त्यो शिविरको समापन भएको केही दिनपछि अर्थात् २०११ वैशाख १ गते राजाले सल्लाहकार सभा घोषणा गरे र त्यसमा प्युठानबाट मलाई मनोनित पनि गरे । स्पष्ट थियो कि मेरो मनोनयन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको सिफारिसमा नै भएको थियो तर म कुनै खास बाध्यताका कारणले वा सिद्धान्तहीन तरिकाले मातृकाको पार्टीमा सामेल भएको भए पनि, जस्तो कि माथि पनि बताइयो, त्यो कार्य मेरो आस्थाका आधारमा भएको थिएन । अब मैले त्यसबाट राजीनामा पनि दिइसकेको थिएँ । त्यसैले सल्लाहकार सभाको त्यो पदलाई स्वीकार गर्न मैले उचित ठानिनँ र त्यसैले मैले त्यो पदलाई अस्वीकार गरेँ ।

    यहाँ यो कुराको उल्लेख गर्नु पनि सायद अप्रासङ्गिक हुने छैन कि मातृका प्रधानमन्त्री भएको बेलामा म उनको निवासमा जाँदा मेरो प्रायश: उनको पुत्र कमल कोइरालासित पनि भेट भइरहन्थ्यो । पछि मैले त्यो पार्टीबाट राजीनामा दिएपछि उहाँसित मेरो कुनै भेट भएन । उहाँसित मेरो भेट एकैपल्ट २०१४ सालको हाम्रो पार्टीको द्वितीय महाधिवेशनको बेलामा नै भएको थियो । केन्द्रीय न्युक्लसको बेलामा हामी सँगै थियौँ तर बनारसमा भएको चौथो महाधिवेशनमा उहाँ आउनुभएन र हामी एकार्काबाट टाढा हुँदै गयौँ ।

    बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.