महेन्द्रनगर । कञ्चनपुरमा ८० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Advertisement
ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा दोधारा चाँदनी नगरपालिका–७ टाउँके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको टोलीले आरोपीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।
छोरी–ज्वाइँ गहुँ काट्ने बेला नाति–नातिनीको हेरविचार गर्न आएकी ती महिला घरमै बलात्कृत भएकी प्रहरीले जनाएको छ।
पीडित महिला र पिडक दुवै जनाको महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।