परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका वडा नं. १० गैँडाखालमा राष्ट्रिय जनमोर्चा वडास्तरीय भेला सम्पन्न भएको छ ।
भेलाले देविराम सर्बुजा अध्यक्ष रहनुभएको ११ सदस्यीय वडा समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष जङ्गबहादुर थापा, सचिवमा कुलबहादुर थापा, सहसचिवमा रतन थापा र कोषाध्यक्षमा श्रीप्रसाद सर्बुजा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा यमबहादुर थापा, धनमाया थापा, रेणु पुन, बलबहादुर थापा, कमला थापा र यमकुमारी थापा रहनुभएको छ।
भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी तथा नवलपरासी अध्यक्ष किसनबहादुर अधिकारी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला अध्यक्ष जितबहादुर पौडेल, राजमो सुनवल नगर अध्यक्ष शेरबहादुर सूर्यवंशीले समेत भेला शुभकामना मन्तव्य राख्नुभएको थियो।
भेलाको अध्यक्षता देवीराम सर्बुजाले, सञ्चालन तिलबहादुर थापाले र स्वागत मन्तव्य कृष्णबहादुर थापाले गर्नुभएको थियो।
