जनकपुरधाम । प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।
Advertisement
सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको हो ।
विद्युत सर्ट भएर दिउँसो २ बजे आगलागी भएको अस्पतालले जनाएको छ । आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो ।
भागाभाग हुँदा सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने मिर्गौलाका बिरामी ६० वर्षीय प्रदिप दासको मृत्यु भएको अस्पतालले जनाएको छ ।