• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

रक्तिम सांस्कृतिक अभियान चौथो राष्ट्रिय सम्मेलनको महत्त्व


  •   बुधबार, चैत २९, २०७९ मा प्रकाशित
  • हेमराज आश्रम ##

    Advertisement

    पृष्ठभूमि
    रक्तिम सांस्कृतिक अभियान नेकपा (मसाल) को सांस्कृतिक मोर्चा हो । अन्य विभिन्न मोर्चा अर्थात जनवर्गीय सङ्गठनले जस्तै यसले पनि मातृपार्टीको नीति, सिद्धान्त तथा कार्यक्रमलार्ई गीतसङ्गीत तथा साहित्यकलाको माध्यमवाट जनताको बिचमा लैजाने गर्दछ । जसका कारण पार्टीको विचारलाई जनताको बिचमा सम्प्रेषण गर्ने कार्यमा मदत पुगिरहेको छ ।

    हाल राष्ट्रियसभाका सदस्य क. राजेश विकका अनुसार २०३७ सालतिर पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक सङ्गठन थियो । त्यसको संयोजक उहाँ स्वयम हुनु हुन्थ्यो । त्यसको सदस्यहरूमा मणि थापा र जीवन शर्मा हुनुहुन्थ्यो । पछि जीवन शर्माले आफ्नो स्वनिर्णयमा २०४३ सालमा उहाँसहित राधा बुढाथोकी, सुस्मिता गुरुङ, कृष्ण अर्याललगायतको उपस्थितिमा रक्तिम परिवार नामको सानो क्लब गठन गर्नुभयो । उहाँहरूले रक्तिमका नामबाट केही कार्यक्रम पनि गर्दै जानुभयो । पछि जीवन शर्माको आग्रहमा पार्टीले रक्तिम परिवारलाई नै पार्टीको सांस्कृतिक मोर्चा मानेर लैजाने विषयमा निर्णय लियो । यसरी रक्तिमले पार्टीको सांस्कृतिक मोर्चाको मान्यता प्राप्त गर्याे ।

    रक्तिम सांस्कृतिक अभियान जनताको बिचमा रक्तिम परिवारको नामले पनि परिचित छ । यो सङ्गठन सुरुमा रक्तिम परिवारकै नामले स्थापित थियो तर पछि रक्तिम सांस्कृतिक अभियानको रूपमा संशोधित भएर आयो । रक्तिम २०५९ सालदेखि केही वर्ष अस्तित्वमा रहेन । नेकपा (मसाल) र एकताकेन्द्रबिच पार्टीएकता हुँदा दुबै पार्टीको सांस्कृतिक मोर्चा इन्द्रेणी सांस्कृतिक परिवार र रक्तिम परिवार मिलेर इन्द्रेणी–रक्तिम सांस्कृतिक परिवार बन्यो । पछि पार्टी एकीकरण लामो समयसम्म टिक्न नसक्दा २०६३ सालमा राष्ट्रिय भेला गरी पुरानै रक्तिम परिवार पुनर्गठित भयो ।

    रक्तिम जनताको बिचमा र वामपन्थी आन्दोलनमा एकदमै स्थापित नाम हो । नेकपा (मसाल) को क्रान्तिकारी लाइन नै रक्तिमको लोकप्रियताको मुख्य कडी हो । रक्तिम हजारौँ कलाकारको परिश्रम र पसिनाले जनताको बिचमा स्थापित हुन सकेको हो । सीमित जिल्लामा मात्रै सङ्गठन भए पनि केन्द्र, प्रदेश, जिल्ला, पालिका हुँदै एकाइसम्मको संरचना भएको नेपालमा अरू कुनै सांस्कृतिक सङ्गठन छ भने एक मात्र सङ्गठन रक्तिम नै हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको “समाज परिवर्तनमा संस्कृतिकर्र्मी” नामक पुस्तकमा लेखक डा. विजय सुब्बाले रक्तिमलाई अन्य प्रगतिशील सांस्कृतिक सङ्गठनभन्दा धेरै कृयाशील सङ्गठनको रूपमा उल्लेख गर्नुभएको छ ।

    जीवन शर्माले विभिन्न कार्यक्रममा दिएका मन्तव्यअनुसार २०४३ चैत २६ गते त्रिचन्द्र क्याम्पस, घण्टाघरमा रक्तिम सांस्कृतिक अभियान गठन भएको थियो । यससम्बन्धी लिखित दस्तावेजहरू उपलब्ध नभए पनि चैत २६ गतेलाई नै रक्तिमको स्थापना दिन भनेर मनाइने गरिन्छ । संयोग हो या के हो ? सोही दिन जीवन शर्माले आफ्नो जन्मदिन पनि मनाउने गर्नु हुन्छ ।

    विषयवस्तु

    रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन २०८० वैशाख १, २ र ३ गते रुपन्देहीको बुटवलमा सम्पन्न हुँदै छ । यो सम्मेलनको धेरै कोणवाट महत्त्व छ । २०७५ फागुन १, २ र ३ गते पोखरामा हुने भनी तय भएको सो सम्मेलन विशेष कारणले स्थगित हुन पुगेको थियो । त्यतिबेला स्थगित भएको सम्मेलन अहिले सम्पन्न हुन लागिरहेको छ ।

    रक्तिमको चौथो राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ४० भन्दा बढी जिल्लावाट सम्मेलनमा प्रतिनिधित्व हुने अनुमान गरिएको छ । तीन दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष कमरेड चित्रबहादुर केसीले गर्नुहुने छ ।

    रक्तिमले पहिलो ऐतिहासिक सम्मेलन नारायण योगीको नेतृत्वमा २०५४ साल फागुन १, २ र ३ गते काठमाडौँमा सम्पन्न गरेको थियो । सो सम्मेलनले नारायण योगीलाई नै पुनः अध्यक्षमा निर्वाचित गर्याे । जीवन शर्मा एमालेबाट मसालमै फर्केपछि २०५५ साल भदौ ८ गते दुबै रक्तिमको एकताको सम्मेलन भएको थियो । सोही सम्मेलनलाई नै रक्तिमको दोस्रो राष्ट्रिय सम्मेलन मानियो । सो एकताको सम्मेलनले नारायण योगीलाई अध्यक्ष र जीवन शर्मालाई सल्लाहकारमा निर्वाचित गर्याे । पछि रक्तिमको बैठकले जीवन शर्मालाई अध्यक्षमा छनोट गर्याे । २०७१ साल चैत २६, २७ र २८ गते बुटवलमा रक्तिमको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सो सम्मेलनले जीवन शर्मालाई अध्यक्षमा निर्वाचित गर्याे । नौ वर्षको अन्तरालमा रक्तिमको चौंथो राष्ट्रिय सम्मेलन हुन लागेको छ ।

    रक्तिमले अहिलेसम्मको यात्रामा धेरै आरोह–अवरोह भोगेको छ । रक्तिमले आफ्नो तीन दशक लामो गौरवपूर्ण इतिहासमा चार अध्यक्ष प्राप्त गरेको छ । २०४३ देखि २०५२ सम्म जीवन शर्मा, २०५२ देखि २०५५ सम्म नारायण योगी, २०५६ देखि २०७५ सम्म जीवन शर्मा, २०७५ फागुनदेखि चैतसम्म नारायण योगी संयोजक, अनि २०७५ चैत २६ देखि २०७९ साउन १६ सम्म रेम राना र २०७९ साउन १६ देखि हालसम्म गिरीप्रसाद बुढा । यसरी रक्तिमले लामो यात्रा तय गरिरहँदा हजारौँ अभियन्ताहरूले रक्तिमको केन्द्रदेखि एकाइसम्म रहेर योगदान दिनुभएको छ ।

    रक्तिम सांस्कृतिक अभियान गतिविधिमा अगाडि रहे पनि साङ्गठनिक दृष्टिमा एकदमै कमजोर स्थितिमा छ ।

    स्थापनाकालमा पञ्चायती व्यवस्था भएकाले भूमिगत रूपमै कार्यक्रम गर्नुपर्ने भयो । पछि बहुदल आएपछि सार्वजनिक रूपमा केही चहलपहल हुन लागे । २०५२ सालसम्म पनि खासै साङ्गठनिक काम भएनन् ।

    तत्कालीन अध्यक्ष जीवन शर्मा एमालेमा प्रवेश गरेपछि नारायण योगी रक्तिमको अध्यक्ष हुनुभयो । रक्तिमले जनगीति यात्रा भाग–७ प्रकाशन गर्याे । त्यसमा समावेश भएको “सुक्दैन सालैजो बोट” बोलको गीतले जीवन शर्माको एमाले प्रवेशबाट निराश नहुन आम रक्तिम अभियन्तालाई आग्रह गर्याे र साहस र उत्साह जगाउने काम गर्याे ।

    सोही दौरान रक्तिमले आक्रामक रूपमा सङ्गठन निर्माण गर्याे । त्यतितिवेला बनेका रक्तिमको बलियो सङ्गठनले नै अहिलेसम्म रक्तिमलाई जीवित राखेको छ भन्दा अनुपयुक्त नहोला सायद । त्यसपछिका वर्षमा सङ्गठन नभएका भने होइनन् तर घनीभूत रूपमा हुन नसकेको भने पक्कै हो ।

    रक्तिमको विधानले राष्ट्रिय सम्मेलनलाई सर्वोच्च अङ्ग मानेको छ । यसैकारण पनि यो सम्मेलनको महत्त्वपूर्ण भूमिका छ । सम्मेलनले नयाँ कार्यसमिति मात्र नभएर रक्तिमको घोषणापत्र तथा विधान, आर्थिक नियमावली, आचार संहिता, बदलिँदो नयाँ संरचना र परिवेशअनुसारको सङ्गठनात्मक ढाँचा र सङ्गठन सुदृढीकरणसम्बन्धी योजना, प्रकाशन, नेपालमा बढ्दो पश्चिमेली संस्कृतिको विरोधमा तथा सर्वहारावादी संस्कृतिको पक्षमा आन्दोलनको कार्यक्रम र रक्तिमको आन्तरिक पक्ष आदि विषयमा धेरै छलफल र योजना बनाएर अगाडि बढ्न सक्छ ।

    सम्मेलन सङ्गठनको जीवन विकासको लागि महत्त्वपूर्ण मोड पनि हुने गर्दछ । सम्मेलनले सङ्गठनलाई थप सुदृढ पार्नुका साथै नयाँ उत्साह र प्राण भर्ने काम पनि गर्ने गर्दछ । त्यसैले आसन्न चौथो राष्ट्रिय सम्मेलनले रक्तिमलाई नयाँ आयाम दिने विषयमा आशावादी हुन सकिन्छ ।

    निष्कर्ष

    आसन्न रक्तिमको सम्मेलन धेरै कोणबाट महत्त्वपूर्ण छ । सम्मेलनले रक्तिमलार्ई नयाँ जीवन दिने विषयमा निर्मम छलफलसँगै महत्त्वपूर्ण योजना तथा कार्यक्रम पारित गर्ने छ । वर्तमान परिवेशमा रक्तिमले नयाँ ढङ्गले भूमिका खेल्नुपर्ने देखिन्छ । रक्तिमको मूल मर्मलाई आत्मसात गर्दै फरक ढङ्गबाट रक्तिमलाई विकास गर्ने विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।

    वर्तमान परिवेश हाम्रोअनुकूल नभई एकदमै प्रतिकूल छ । यो प्रतिकूल अवस्थामा रक्तिमले धैर्यता नगुमाई जनवादी तथा प्रगतिशील साहित्य, सङ्गीत र कलाको क्षेत्रमा आफ्नो बलियो उपस्थीति जनाउन सक्नुपर्दछ ।

    रक्तिमले सङ्गीतको क्षेत्रलाई मात्र बढी प्रतिनिधित्व गरिरहेको छ । रक्तिमले ललितकलाका अन्य विद्याहरू जस्तै :

    चित्रकला, मूर्तिकला, वास्तुकला र नाट्यकलामा पनि भूमिका खेल्नुपर्ने आवश्यकता देखिन्छ ।

    अन्तिममा रक्तिमको चौथो राष्ट्रिय सम्मेलनलाई सफलताको शुभकामना ।

    बुधबार, चैत २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.