शंकरप्रसाद पोख्रेल, बुटवल ।
जातीय समता समाज गुल्मी संगठन समिति गठन भएको छ । सदरमुकाम तम्घासस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा आइतबार सम्पन्न भेलाले बुद्धकुमार सुनार (मुसिकोट) को अध्यक्षतामा समिति गठन गरेको हो ।
समता समाज जिल्ला संगठन समितिको उपाध्यक्षमा कृष्ण विक (धुर्कोट), सचिवमा केसरबहादुर विक (मुसिकोट, सहसचिव (असोक विक (मदाने) र कोषाध्यक्ष (झकबहादुर विक (रेसुङ्गा नगरपालिका) चयन हुनुभएको छ ।
सदस्यहरुमा जगबहादुर सार्की (गुल्मीदरबार), कमल सुनार (मुसिकोट), भूमिश्वर नेपाली (कालीगण्डकी), साबित्रा विक (रेसुङ्गा) तथा वैकल्पिक सदस्यमा ओमबहादुर परियार (कालीगण्डकी), नमकला विक (रेसुङ्गा), भीम बस्याल (चन्द्रकोट) र राजकुमार सुनार (छत्रकोट) चयन हुनुभएको छ । हाल दुई स्थान रिक्त राखिएको छ ।
भेलालाई प्रमुख अतिथीको रुपमा समता समाज लुम्बिनी प्रदेश सदस्य विनोद कुमार विकले सम्बोधन गर्दै समता आन्दोलन, देशको वर्तमान राजनैतिक अवस्था र संगठान्मक पद्धतिको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा समता समाज प्युठानका खिम बहादुर विक र, राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सचिव छबिलाल सर्तुङ्गीले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
साथै, समितिको पहिलो बैठकले कार्य विभाजन गर्नुका साथै सदस्यहरुको जिम्मेवारी तोकेको छ ।