चितवन । चितवन क्षेत्र नं २ मा हुन लागेको उपननिर्वाचन प्रचार अभियानलाई राष्ट्रिय जनमोर्चाले तीब्रता दिएको छ ।
राजमोले चितवनको निर्वाचनलाई ‘अमेरिकी साम्राज्यवाद विरुद्व चुनावि अभियान’ को रुपमा अघि बढाएको छ ।
चुनाव प्रचारका लागि चितवन क्षेत्र नं २ का उम्मेदवार एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्मासहितको टोलीले घरदैलो, कोण सभा, प्रचार–प्रसार लगायत कार्यक्रम गरेको छ । कार्यक्रममा राजमोका महासचिव मनोज भट्ट लगायत जिल्ला तथा केन्द्रीय स्तरका नेता कार्यक्रताहरुको सहभागिता रहेको छ ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन्। उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।