• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

हिमालयमा तपस्या गर्न जान नुवाकोटको पाँच पानीसम्म

"सङ्क्षिप्त संस्मरण शृङ्खला–८ "

  •   मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    मेरो सानो उमेरदेखि नै ईश्वर र धर्मकर्ममाथि धेरै नै विश्वास थियो । त्यो बेला गाउँमा स्कुल थिएनन् । कहिलेकाहिँ पिताजी खिमविक्रमले घरमा ल्याएर राखेका शिक्षकबाट नै मेरो पढाइ हुन्थ्यो । ती शिक्षकमध्ये मुख्य रूपमा भक्तिनाथ योगी हुनुहुन्थ्यो । त्यस प्रकारको पढाइ पनि नियमित रूपले हुँदैनथ्यो । पिताजी पनि प्रायश: बाहिर गइराख्नुहुन्थ्यो । त्यसैले मलाई धेरै नै फुर्सद हुन्थ्यो । त्यो बेला मैले गाउँघरमा जे जति किताब पाइन्थे, ती खोजेर पढ्ने गर्दथेँ । मैले पढ्ने पुस्तकमा रामायण, महाभारत, कृष्णचरित्र वा विभिन्न कथाका पुस्तक नै हुन्थे ।

    Advertisement

    बालककालमा मेरो धेरै समय मावलमा नै बितेको थियो । बाजे मोतिबहादुर थापा काठमाडौँ डिल्लिबहादुरको चारखालमा डिट्ठा हुनुहुन्थ्यो । राणाको एक जना आफन्तीलाई एउटा मुद्दामा २५ पैसा सजाय गरेको हुनाले राणा सरकारले उहाँलाई चारभन्ज्याङ कटाएर निकाला गरिदिएको थियो । त्यसपछि उहाँ गुल्मीको इस्मा मरुभुङमा नै बस्नुहुन्थ्यो । उहाँ धेरै नै धर्मात्मा मान्छे हुनुहुन्थ्यो र उहाँले आफ्नो बिहानभरिको समय आजापूजामा नै बिताउनुहुन्थ्यो । उहाँसित धेरै धार्मिक किताब थिए । मावल गएका बेलामा मैले पनि धेरैजसो ती किताब पढ्ने गर्दथेँ ।

    काठमाडौँमा म लैनचौरको शान्ति विद्यागृहमा भर्ना भएको थिएँ । त्यो बेला त्यो स्कुल अहिलेको स्कुलभन्दा केही तल थियो । पाँच क्लासमा पढ्दापढ्दै एउटा शिक्षकसँग विवाद भएर मैले त्यो स्कुलमा पढ्न छाडेँ । त्यो बेला पिताजी प्युठान घरैमा हुनुहुन्थ्यो । त्यसकारण तुरुन्तै अर्काे स्कुलमा भर्ना हुनु मेरा लागि सम्भव भएन र पाँच/छ महिनासम्म मैले कुनै स्कुलमा पढाइ नगरिकन समय बिताएँ । त्यो बेला मैले आफ्नो अधिकतर समय भोटाहिटीका बेग्लाबेग्लै पुस्तक पसलहरूमा—खास गरेर रत्न पुस्तक भण्डारमा—पुस्तक पढेर नै बिताउने गर्दथँे । मैले दिनभरि त्यही दुकानमा उभिएर पुस्तक पढ्ने गर्दथेँ र त्यो पुस्तकका मालिक शिवजीले त्यसरी दिनभर पुस्तक पढ्दा पनि मलाई रोक्ने गर्नु हुँदैनथ्यो ।

    एक दिन मैले सबै पढाइ छोडेर हिमालयमा तपस्या गर्न जाने विचार गरेँ । एक दिन बिहानै उठेर म उत्तरतर्फ लागेँ र दिउसो नुवाकोटको पाँचपानेमा पुगेँ । त्यो बेला मसँग खालि डेढ रुपियाँ मात्र थियो । बाटामा केही माग्ने मान्छेहरू भेट भए र मैले त्यो पैसा पनि उनीहरूलाई दिएँ । अब मसँग बाटामा किनमेल गरेर खानका लागि केही पनि पैसा बाँकी रहेको थिएन । बल्ल बल्ल म पाँचपानेसम्म त पुगेँ तर त्यसपछि भोकले गर्दा म हिँड्न सकिनँ र एउटा दुकानको छेउमा पल्टेँ । मलाई धेरै बेरसम्म त्यसरी पल्टेको देखेपछि दुकानदार र गाउँका मान्छेहरूले मलाई उठाए र मलाई सोधपुछ गर्न थाले । मैले हिमालयमा तपस्या गर्न जान थालेको बताएँ । त्यो बेला मेरो उमेर करिब १२ वर्षको थियो । उनीहरूले मलाई चिउरा खान दिए र जबरजस्ती काठमाडौँ फर्काइदिए ।

    पिताजीमा सानैदेखि आर्यसमाज धर्मको प्रभाव परेको थियो । हाम्रो गाउँ ओखरकोटको पालतिर तुसारा गाउँ पर्दछ । त्यहाँका एक जना पिताजीका मित्र यदु गिरी आर्यसमाजी बन्नुभएको थियो । माझकोटका दानवीर आर्य पनि त्यही धर्ममा सामेल हुनुभएको थियो । उहाँहरू दुबै जना हाम्रो घरमा आइरहनुहुन्थ्यो र पिताजीसँग त्यसबारे छलफल भइरहन्थ्यो । पछि राना सरकारले उहाँहरू दुबै जनालाई छ वर्षका लागि प्युठानको जेलमा हालिदिएको थियो र उहाँहरू २००७ सालको राजनीतिक परिवर्तनपछि नै जेलमुक्त हुनुभएको थियो ।

    एकपल्ट म सानै छँदा आमा र पिताजी तीर्थयात्राका लागि भारततिर जानुभएको थियो । उहाँहरूले मलाई पनि साथै लैजानुभएको थियो । त्यो बेला पिताजीले मलाई अयोध्याको गुरुकुलमा भर्ना गर्न खोज्नुभएको थियो । त्यो बेला म १० वर्षजतिको थिएँ तर आमाले मलाइ गुरुकुलमा भर्ना गर्न मान्नुभएन । त्यसैले मेरो त्यहाँ भर्ना भएन । यदि त्यो बेला आमाले विरोध नगरेको भए सायद अहिले म आर्यसमाजी सन्यासी भएर घुमिरहेको हुन्थेँ होला ।

    घरमा छुट्टीमा जाँदा मेरो पनि यदु गिरी र दानवीरसँग भेट भइरहन्थ्यो । उहाँले दिएका आर्यसमाजी पुस्तकहरू मैले पढ्ने गर्दथँे । खास गरेर “सत्यार्थ प्रकाश” पुस्तक मैले कैयौँपल्ट दोहोर्‍याएर पढेको थिएँ । त्यसैले मेरो त्यो धर्मप्रति झुकाव बढ्दै गयो । त्यसैले एकपल्ट घरमा छुट्टीमा आएपछि काठमाडौँ फर्केर जाने बेलामा म अयोध्या पुगँे र त्यहाँको गुरुकुलमा भर्ना हुन खोजेँ । त्यो बेला प्युठानबाट काठमाडौँ जाँदा बुटवल र सुनौलीबाट गोरखपुर, मुजफ्फरपुर, रक्सौल र वीरगञ्ज हुँदै काठमाडौँ आउनुपर्दथ्यो । त्यही क्रममा म गोरखपुरबाट अयोध्या गएको थिएँ ।

    पहिले अयोध्याको गुरुकुलमा विद्यार्थीहरूलाई नि:शुल्क पढाउने गरिन्थ्यो तर अब फिस दिने गर्नुपर्दाे रहेछ । घरबाट भागेर आएको मान्छेले नियमित रूपले फिस दिएर त्यहाँ पढाइ गर्नु सम्भव थिएन । त्यसरी म त्यहाँ भर्ना हुन पाइनँ तर त्यहाँ गुरुकुलका मान्छेहरूले मलाई बताए कि हरिद्धारको गुरुकुल काँगडीमा गाईगोठमा काम गरेर वा त्यही प्रकारका अरू कुनै काम गरेर पनि पढ्न सकिन्छ । त्यसपछि म हरिद्वारतिर लागेँ तर त्यहाँ पनि धेरै फिस लाग्दो रहेछ । गाईगोठमा वा यताउता काम गरेर पढ्ने सम्भावना पनि देखा परेन । त्यो बेला त्यहाँ ठुलो बाह्रबर्से कुम्भमेला लागेको थियो । म एक/दुई दिन त्यही कुम्भ मेलामा घुमेर काठमाडौँ फर्कें ।

    त्यो बेला मैले दरबार स्कुलमा भर्ना भएर पढ्न थालेको थिए तर त्यहाँ पनि मेरो पढाइ धेरै दिनसम्म चल्न सकेन । त्यहाँ पनि एउटा बङ्गाली शिक्षकसित विवाद भएर मैले स्कुल छाड्नुपरेको थियो (शान्ति विद्यागृह र दरबार स्कुलमा समेत शिक्षकहरूसित कुन प्रकारको विवाद भएर मैले स्कुल छाड्नुपरेको थियो ? त्यसको बेग्लै कथा छ र त्यसबारे मैले पछि अन्यत्र लेख्ने छु) । दरबार स्कुलपछि मैले ठमेलको जुद्धोदय पब्लिक हाईस्कुलमा भर्ना भएर पढ्न थालेको थिएँ । त्यो स्कुलको वातावरण अत्यन्त प्रजातान्त्रिक प्रकारको थियो र शिक्षकहरूसितको विद्यार्थीको सम्बन्ध धेरै नै मैत्रिपूर्ण र आत्मीय प्रकारको हुन्थ्यो तर पछि केही यस्ता घटना घटे, जसको कारणले मैले त्यो स्कुलको पढाइ पनि ९ क्लासमा नै छाड्नुपर्‍यो । त्यसबारे मैले पछि बेग्लै लेख्ने छु ।

    पहिले मेरो विश्वास सनातन हिन्दु धर्ममाथि थियो । त्यसपछि म आर्यसमाजतिर लागेँ । काठमाडाँैको भोटाहिटीमा आर्यसमाजको एउटा कार्यालय थियो । म प्रायश: त्यहाँ जाने गर्दथेँ । आर्यसमाजी साहित्यमा कम्युनिस्टको धेरै नै विरोध गरिएको हुन्थ्यो । त्यसकारण कम्युनिज्मप्रति पनि मेरो उत्सुकता पैदा भयो र मैले दुकान वा पुस्तकालयमा माक्र्सवादी–लेनिनवादी पुस्तक खोजेर पढ्न थालेँ ।

    अब २००७ सालको परिवर्तन भइसकेको थियो । देशमा बहुदलीय व्यवस्था पनि आइसकेको थियो । त्यसैले माक्र्सवादी–लेनिनवादी पुस्तक बजार र पुस्तकालयमा पनि धेरै नै पाइन्थे । खास गरेर क्षेत्रपाटीको एउटा पुस्तकालयमा माक्र्सवादी–लेनिनवादी पुस्तक धेरै नै पाइन्थे । त्यसको सञ्चालक का.रामहरि हुनुहुन्थ्यो । उहाँले मलाई माक्र्सवादी–लेनिनवादी पुस्तकको अध्ययनमा धेरै मदत गर्नुहुन्थ्यो । अब उहाँको मृत्यु भइसकेको छ ।

    माक्र्सवादी–लेनिनवादी पुस्तक पढ्दापढ्दै मेरो त्यसप्रति आकर्षण र आस्था बढ्दै गयो । २०१० सालमा मैले छुट्टीको बेलामा घरतर्फ जाँदा तानसेनमा गएर का. कमलराज रेग्मीलाई पार्टी सदस्यताको दरखास्त दिएँ र कम्युनिस्ट पार्टीमा सामेल भएँ । त्यसपछि अहिलेसम्मको करिब सात दसकको मेरो जीवनको इतिहास कम्युनिस्ट आन्दोलनसित नै सम्बन्धित छ । यसको एउटा बेग्लै र लामो कथा छ ।

    मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.