बागलुङ । रक्तिम सांस्कृतिक अभियान गलकोटको प्रथम नगर भेला सम्पन्न भएको छ । शनिबार भएको भेलाले पूर्णबहादुर भुजेलको अध्यक्षतामा ११ सदस्यीय नगर समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा किरण कुँवर, सचिव मनिष कडेँल, सहसचिव सन्देश विक र कोषाध्यक्षमा खुमा सापकोटा चयन हुनुभएको छ । सदस्यहरुमा रेशिका जिसी, सोनिया कार्की, अस्मिता गौतम र सुजन परियार रहनुभएको छ । भेलाले खडक विक, भक्तिराम पुन र लाल बहादुर रानालाई सल्लाहकार चयन गरेको छ ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव कुल बहादुर छन्त्यालले भेला सफलताको शुभकामना दिँदै सामन्तवादी, पुँजीवादी, साम्राज्यवादी, संस्कृतिको विरुद्धमा रक्तिमले आवाज बुलन्द गर्दै आएको बताउनुभयो । आफ्नो जन्मकालदेखि शोषित, पीडित, गरिब, निमुखा जनताको पक्षमा निरन्तर संघर्ष गरिरहेको भन्दै उहाँले पञ्चायती कालरात्री व्यवस्थाको विरुद्धमा भूमिगत अवस्था देखि नै नेपाली गाउँ वस्तिमा चेतनाका गीत संगितको माध्यमबाट जागरण ल्याउने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा वैकल्पिक केन्द्रीय सदस्य वेदिलाल सापकोटा, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सल्लाहकार तथा गलकोट नगर अध्यक्ष टंक बहादुर केसी, अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, अखिल नेपाल महिला संघ जिल्ला सदस्य सुस्मा श्रेष्ठ, अखिल (छैठौं) का जिल्ला अध्यक्ष गणेश सापकोटा, जातीय समता समाजका मिन बहादुर दर्जी, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य विष्णु बस्नेतले भेलाको शुभकामना दिनुभएको थियो भने राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य पदम बहादुर श्रेष्ठ, लाल बहादुर राना, समेतको उपस्थिती थियो ।
रक्तिम सांस्कृतिक अभियान जिल्ला उपाध्यक्ष पूर्णबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खडक विक र स्वागत पूर्वजिल्ला सदस्य भक्तिराम पुनले गर्नुभएको थियो ।
रक्तिमको चौथो राष्ट्रिय सम्मेलन आगामी २०८० वैशाख १ देखि ३ गतेसम्म बुटवलमा हुन गइरहेको छ । राष्ट्रिय सम्मेलन तयारीका क्रममा विभिन्न जिल्लामा भेला तथा सम्मेलनका कार्यक्रम भइरहेका छन् भने बागलुङमा पालिकास्तरीय भेला तथा सम्मेलन भइरहेको छ ।
रक्तिम सांस्कृतिक अभियान बागलुङ नगरमा नयाँ नेतृत्व

