बागलुङ । रक्तिम सांस्कृतिक अभियान बागलुङको प्रथम नगर भेला सम्पन्न भएको छ ।
अभियानका जिल्ला सचिव कुलबहादुर छत्याल र राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार टेकबहादुर आरसीले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
सो भेलामा अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी बास्कोटा र जातीय समता समाजका जिल्ला सल्लाहकार पवित्रा विकको पनि आतिथ्यता रहेको थियो ।
भेलाले ९ पूर्ण र २ सल्लाहकार रहेको नगर समिति गठन गरेको छ । समितिको अध्यक्षमा भक्त विक, सचिव समीर रोका र कोषाध्यक्षमा सम्झना भण्डारी चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा झरना विश्वकर्मा, अमृत कुँवर, जीवन श्रीस, तारा थापा, रेखा शर्मा रहनुभएको छ भने सल्लाहकारमा दिलेन्द्र बुढामगर र पवित्रा विक हुनुहुन्छ।
सम्झना भण्डारीको अध्यक्षता, दिलेन्द्र बुढामगरको स्वागत र दिपेन्द्र पौडेलको सञ्चालनमा भेला सम्पन्न भएको हो ।
रक्तिमको आगामी वैशाखमा हुने राष्ट्रिय सम्मेलन तयारीका क्रममा बागलुङका विभिन्न नगरमा भेला तथा सम्मेलन भइरहेका छन् ।

