दिनेश रैदास, दाङ ।
प्रगतिशील पत्रकार सङ्घ, नेपाल जिल्ला शाखा दाङको २०७९ चैत १६ गते बिहीबार सम्पन्न दोस्रो भेलाले महेश रिजाललाई पुन: अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी भेलाले उपाध्यक्षमा शरद शर्मा, सचिवमा कुलदीप न्यौपाने , सहसचिवमा मनोजकुमार आचार्य, कोषाध्यक्षमा दिनेश रैदास तथा सदस्यहरूमा भीम पौडेल, अशोक खनाल, घनश्याम ओली, गोमा कवर रहनुभएको छ भने एक स्थान पछि चयन गर्ने गरी रिक्त राखिएको छ ।
भेलाले ईश्वरी भण्डारी र कृष्णप्रसाद आचार्यलाई सल्लाहकारमा चयन गरेको छ ।
जिल्ला अध्यक्ष महेश रिजालको अध्यक्षतामा सम्पन्न भेलामा सहिदप्रति एक मिनेट मौनधारण गरिएको थियो । भेलालाई अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य तथा सामुदायिक रेडियोहरूको सङ्गठन (अकोराब) का केन्द्रीय सदस्य शुक्रराज भण्डारी, प्रगतिशील पत्रकार सङ्घकै पूर्व केन्द्रीय सचिवालय सदस्य ईश्वरी भण्डारी, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का केन्द्रीय सदस्य मनिराम खनाल, राजमो दाङका अध्यक्ष गणेश आचार्यलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
भेलाको सञ्चालन दिनेश रैदासले गर्नुभएको थियो ।
भेलाले यही २०७९ चैत २४ र २५ गते बुटवलमा हुने प्रथम राष्ट्रिय सम्मेलनमा जाने प्रतिनिधिको चयन गर्नुका साथै उद्घाटन समारोहमा दाङबाट सहभागिताका लागि पहल गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।