काठमाडौं । मधेस प्रदेशमा मिटरब्याज पीडितको पीडा यति चर्को छ, काखमा बालक बोकी ११ दिनसम्म पैदल हिँडेर उनीहरू काठमाडौं आइपुगेका छन् ।
Advertisement
चैत २ गते महोत्तरीको बर्दिबासबाट उनीहरू पैदलै हिँड्न सुरु गरेका थिए । उनीहरू हेटौंडा हुँदै काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थसम्म आइपुगेका हुन् ।
मिटरब्याज विरुद्धको सङ्घर्ष समितिको समन्वयमा उनीहरू “बर्दिबास–काठमाडौँ पैदल मार्च अभियान” मा सहभागी भएका छन् ।
तमसुक व्यवस्था खारेज गर्नुपर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनुपर्ने, पीडित विरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनुपर्नेलगायका माग उनीहरूको छ ।
मिटरब्याज विरुद्धको पैदलयात्रामा बालबच्चा बोकेका महिलासमेत सहभागी छन् ।