काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौंमा संंगठनात्मक अभियानको सुरुवात गरेको छ । राजधानीको चन्द्रागिरि नगरपालिकास्थित सतुंगलबाट संगठनात्मक अभियानको सुरुवात गरिएको हो ।
अभियानको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको छ । उद्घाटन समारोहलाई नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समिर सिंह, अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढालगायतका नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ ।
राजमो काठमाडौं जिल्ला अध्यक्ष झविन्द्र बेल्वासेको अध्यक्षतामा भइरहेको उद्घाटन समारोहको सञ्चालन नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगत रेग्मी र स्वागत राजमोका जिल्ला सदस्य रोशन दानीले गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाले आजबाट देशब्यापी रुपमा एक महिने संगठनात्मक अभियानको प्रारम्भ गरेको छ । राजधानीलगायत धेरै जिल्लामा आजैबाट अभियानको सुरुवात भएको छ भने केही जिल्लामा एक दुई पछि अभियान प्रारम्भ हुने राजमोले जनाएको छ ।
देशको केन्द्र राजधानी रहेको जिल्ला काठमाडौंमा बृहत संगठन निर्माण गर्न शनिबार भृकुटीमण्डपमा जिल्ला भेलाले विस्तृत योजना बनाएको थियो । काठमाडौं महानगरसहित १० वटै नगरपालिकामा संगठन निर्माणको योजना तयार पारेको भएको राजमो नेता छवि खनालले जानकारी दिनुभएको छ ।
कार्यक्रम अन्तर्गत काठमाडौंका १० वटै नगरपालिकाका वडाहरुमा सम्पर्क स्थापित गर्ने, सदस्यता वितरण र समितिहरु निर्माण गर्ने, विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गरेका पार्टी समर्थकहरुलाई गोलबन्द गर्ने, स्थानीयस्तरमा विकास निर्माण योजनामा जनताको नेतृत्व गर्ने लगायतका अभियान सञ्चालन गरिनेछ ।
यो पनि पढ्नुहोस्ः काठमाडौंमा बृहत संगठन निर्माण गर्न राजमोले बनायो यस्तो योजना