• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘कोशी’ नाम साझा हो, कोलाहल गरिराख्न जरुरी छैन : राजमो नेता खत्री


  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा ओखलढुंगाका अध्यक्ष एवम् कोशी प्रदेश समितिका सदस्य शेरबहादुर खत्रीले प्रदेशको नामकरणविरुद्ध आन्दोलन गर्नुको अर्थ नरहेको बताउनुभएको छ ।

    Advertisement

    काम विशेषले काठमाडौं आउनुभएका नेता खत्रीसँग प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनबारे युगदर्शनले राखेको जिज्ञासामा उहाँले कोशी सबैको साझा नाम भएको बताउनुभयो ।

    उहाँले कोशी प्रदेश राष्ट्रिय जनमोर्चाको प्रस्ताव भएको पनि स्मरण गर्नुभयो । संविधान निर्माणका क्रममा राजमोले सबै जाती, भाषा, भूगोललाई समेटेर कोशी प्रस्ताव गरेको उल्लेख गर्नुभयो ।

    ‘कोशी कुनै जाती विशेषको नाम होइन, साझा भूगोल र जनसंख्यालाई समेट्ने खालको प्राकृतिक नदीको नाम हो । त्यसकारण यो नामको विरोध गरिराख्नुपर्ने, कोलाहल मच्चाउनुपर्ने कारण केही छैन’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चाको दूरदृष्टिकोणसहितको प्रस्ताव हो कोशी प्रदेश । जसलाई १ नं प्रदेश संसदले ढिलै भएपनि स्वीकार गरेको छ ।’

    प्रदेश १ को संसदले दुई तिहाई भन्दा बढी मतले निर्णय गर्दै प्रदेशको नाम ‘कोशी’ राखेपछि विभिन्न पहिचानपक्षधर समूहहरु आन्दोलित भएका छन् । उनीहरुले लिम्बुवान, खम्बुवान, किरात जस्ता जातीय पहिचान हुने नाम राख्न दबाब दिँदै आएका छन् ।

    स्मरणीय छ, संविधान निर्माणका क्रममा राजमोले उत्तर दक्षिण जोड्ने गरी सातवटा प्रदेश प्रदेश प्रस्तावित गरेको थियो, जसको नाम कोशी, सगरमाथा, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सेती–महाकाली प्रस्ताव गरेको थियो । हाल ती मध्ये पाँचवटा नाम स्वीकृत भएका छन् भने मधेश प्रदेशबाहेक ६ वटा प्रदेश उत्तर दक्षिण जोडिएका छन् ।

    यद्यपी राजमोले संविधानमा प्रशासनिक संरचनासहितका सात प्रदेश प्रस्तावित गरेको थियो । तर, तत्कालिन संविधान सभाले संघीयताका सात प्रदेश पारित गर्यो । संघीयता खारेजीका लागि राजमोले लगातार संघर्ष गर्दै आइरहेको छ ।

    राजमो प्रदेश सदस्य खत्रीले प्रदेशहरुमा देखिएको विकृतीले संघीयता आवश्यक थिएन भन्ने कुरा झन् पुष्टि हुँदै गएको बताउनुभयो । उहाँले राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दासमेत नेतृत्वको मनोभावनामा परिवर्तन नआएको बताउनुभयो ।

    भ्रष्टाचार मौलाएको, आफ्नालाई काखी च्याप्ने काम भएको तथा राजनीतिको अपराधीकरण हुँदा लाकतान्त्रिक गणतन्त्र धरापमा परेको नेता खत्रीले बताउनुभयो । उहाँले विकास निर्माणमा राजनीति नगर्न र नीतिगत भ्रष्टाचार अन्त्य गर्न दलहरुलाई सुझाव पनि दिनुभयो ।

    प्रदेश १ मा भ्रष्टाचारविरोधी अभियन्तासमेत रहेका नेता खत्रीले हुँदै नभएका आयोजना पुरा भएको देखाएर रकम बाँडिचुँडी खाने गरिएको, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका नाममा घरमै बसेका कार्यकर्तालाई रकम बाँड्ने जस्ता विकृति देखिएको बताउनुभयो । उहाँले भ्रष्टाचारको छानबिन र कारबाहीका लागि सम्बन्धित निकायमा प्रमाणसहित धाउँदासमेत वेवास्ता गर्ने गरिएको गुनासो गर्नुभयो ।

    पछिल्लो समय प्रदेश १ मा राजमोको संगठन उत्साहजनक रुपमा अघि बढेको खत्रीले बताउनुभयो । पूर्वकर्मचारीसमेत रहेका ७९ वर्षीय खत्री राष्ट्रिय जनमोर्चाको नीतिबाट प्रभावित भएर राजमोको राजनीतिमा सामेल हुनुभएको हो ।

     

    बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.