विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमाथि ढंगामुढा भएको छ ।
Advertisement
‘कोशी’ प्रदेशको विरुद्ध आन्दोलनरत पहिचानपक्षधरले सोमबार मुख्यमन्त्री कार्कीको गाडीमा आक्रमण गरेका हुन् ।
आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा ढुंगामुढा गर्नुका साथै गाडीबाट झण्डा निकालेका छन्।
त्यसक्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।
प्रदेश १ को नाम कोशी कायम भएपछि पहिचानपक्षधर विभिन्न समुहहरु आन्दोलमा उत्रिएका छन् ।