बर्लिन । जर्मनीको एउटा चर्चमा भएको गोलीकाण्डमा कम्तीमा सात जनाको ज्यान गएको छ । सो घटनामा अरू कैयौँ घाइते भएका प्रहरीले जनाएको छ ।
Advertisement
मार्च ९, २०२३ बिहीबार राति जर्मनीको ह्याम्बर्गस्थित एउटा चर्चमा गोली चलेको थियो । यहाँको स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको हो ।
यहाँका स्थानीय सञ्चार माध्यमले सुरुमा उक्त गोलीकाण्डमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको जनाएका थिए तर पनि अर्का एक जनाको पनि मृत्यु भएको भन्दै यहाँको पत्रिका बिल्डले उक्त गोलीकाण्डमा सात जनाको ज्यान गएको जनाएको हो ।
गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ । उक्त चर्च रहेको क्षेत्रमा ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ । (रासस/सिन्ह्वा)