• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सुदूर पश्चिममा कृषि उत्पादन बढेको दाबी


  •   बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
  • धनगढी । सुदूर पश्चिम प्रदेशमा पछिल्ला वर्षमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि भएको दाबी गरिएको छ । भनिएको छ : खेती गर्ने तरिकामा सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि कृषिजन्य उत्पादनमा वृद्धि भएको हो ।

    Advertisement

    कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले कृषिजन्य उत्पादन दुई प्रतिशतले बढेको जानकारी दिनुभयो । ‘कृषिजन्य उत्पादन दुई प्रतिशतले बढेको छ, फलफूल उत्पादनमा पनि उल्लेखनीय सुधार आएको छ’ उहाँले भन्नुभयो ।

    भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७४/७५ मा मुख्य खाद्यान्न बाली उत्पादन हुने क्षेत्रफल तीन लाख १६ हजार सात सय ८९ हेक्टर रहेकोमा हाल १३ प्रतिशतले वृद्धि भई आव २०७८/७९ मा तीन लाख ६३ हजार सात सय ९३ हेक्टर पुगेको छ ।

    खाद्यान्न बालीको उत्पादकत्व दुई दशमलव सात मेक्ट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भई तीन दशमलब सात मेक्ट्रिक टन प्रतिहेक्टर पुगेको छ । प्रदेशको धान तथा गहुँको कूल उत्पादनमा तीन दशमलब पाँच प्रतिशतले वृद्धि भएको छ ।

    बिजवृद्धि कार्यक्रमको क्षेत्रफल पनि विस्तार भएको छ । कार्यक्रमतर्फ धान, गहुँ, मकै, आलु, तरकारी, तोरी र मसुरो बालीको बीउ उत्पादन भइरहेको छ । बिजवृद्धि कार्यक्रमको क्षेत्रफल दुई हजार पाँच सय ६५ हेक्टरबाट तीन हजार तीन सय ९० हेक्टर पुगेको छ ।

    प्रदेशलाई बिउमा आत्मनिर्भर बनाउन र आयात प्रतिस्थापन गर्न किसान समूह, किसान सहकारीमार्फत् खाद्यान्न र तरकारी बालीको बिजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको छ ।

    कैलाली डडेलधुरा, बैतडी, र कञ्चनपुर जिल्लामा १८ ओटा बिउ प्रशोधन उद्योग तथा कम्पनी स्थापना भई किसानबाट उत्पादित बिउको बजारीकरणमा सहयोग पुगेको मात्र नभइ उत्पादित बिउ विभिन्न जिल्लामा निर्यात भएको हो । कस्टम हेयरिङ सेन्टर स्थापना गरी कृषि यान्त्रिकरणमा सहयोग उपलब्ध गराउने गरिएको छ ।

    यो अवधिमा झन्डै चार हजार पाँच सय ९१ परिवारलाई पावर टिलर, मिनिटिलर, रिपर, रोटाभेटरलगायतका कृषियन्त्र औजार उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । जग्गा बाँझो नराख्ने सरकारको नीतिअनुरूप प्रदेश सरकार भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पहलमा कञ्चनपुरको पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनी लिमिटेडको ७४ बिगाह जग्गा भाडामा लिई धान, गहुँ, तोरी, तिलआदि बालीको बिउ उत्पादन कार्यक्रम सञ्चालन भइरहेको छ ।

    खाद्यान्नका साथै नगद आर्जन गर्ने अर्को मुख्य आलु बालीको उत्पादनमा उल्लेखनीय सुधार भएको छ । आलुको उन्नत बिउ वितरणबाट झण्डै दुई हजार हेक्टरमा बिउ उत्पादन भई आलु उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको छ ।

    पाँच वर्षअघि दश दशमलब ८४ मेक्ट्रिक टन प्रतिहेक्टर रहेको आलुको उत्पादन आव २०७८/७९मा आइपुग्दा झण्डै १५ मेक्ट्रिक टन प्रतिहेक्टर पुगेको छ ।

    त्यस्तै छोटो अवधिमै आयआर्जन गर्न सकिने तरकारी बालीको उत्पादकत्व पनि यो अवधिमा ११ दशमलब १० मेक्ट्रिक प्रतिहेक्टरबाट वृद्धि भई १४ दशमलब दुई मेक्ट्रिक टन प्रतिहेक्टर पुगेको छ ।

    पशुपक्षी विकासतर्फ दुध, मासु, अण्डाको उपलब्धतामा पनि वृद्धि भएको छ । पशुको नश्ल सुधार १२ प्रतिशतले वृद्धि भएको छ । प्रदेशमा पछिल्ला वर्षमा व्यावसायिक रुपमा अलैँची, किबी, कफी, ड्रागन फ्रुट, ट्रबेरी, ट्रोपिकल एप्पल, सिताके च्याउलगायतका नयाँ उत्पादन पनि भित्रिएका छन् ।

    पाँच वर्ष अघिसम्म प्रदेशमा सिञ्चित क्षेत्रफल एक लाख ३० हजार ३७ हेक्टर रहेकोमा यो अवधिमा सत्र हजार पाँच सय ११ हेक्टर क्षेत्रफलमा थप सिँचाइको सुविधा पुगेको छ ।

    “नमूना गाउँ आफै बनाऔँ” भन्ने नाराका साथ प्रदेशको गौरवको आयोजनाको रुपमा नमूना गाउँ स्थापना गर्दै कृषि तथा पशुपक्षी क्षेत्रको उत्पादन, बजारीकरण र व्यवसायिककरणमार्फत् युवालाई कृषिमा रोजगारी प्रदान गर्ने उद्देश्यले मुख्यमन्त्री कृषि तथा पशुपक्षी विकास कार्यक्रम आव २०७६/७७ देखि नौ जिल्लामा सञ्चालनमा छ ।

    यस अन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत् एकसय ३६ ओटा नमुना गाउँ र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत् ८० ओटा नमुना गाउँ सञ्चालनमा आएको हो । यसबाहेक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि कार्यान्वयन भइरहेको छ ।

    बालीको उत्पादन वृद्धि भएको भए पनि प्रदेशको खेतीयोग्य जग्गाको माटोमा प्राङ्गारिक पदार्थको अभाव हुँदै गएको कृषि प्राविधिकको भनाइ छ । ‘प्रदेशको खेतीयोग्य जग्गामा ५३ प्रतिशत मात्राको माटो बिग्रिएको छ, कैलाली, कञ्चनपुरमा ७३ प्रतिशतसम्म माटो बिग्रिने क्रममा छ‘ कृषि निर्देशक जोशीले भन्नुभयो– “माटो सुधार अभियान चलाउन जरुरी भइसकेको छ ।’

    तीनदेखि छ प्रतिशतसम्म प्राङ्गारिक पदार्थ भएको माटोलाई खेतीका लागि राम्रो मानिन्छ । माटोको उर्वराशक्ति ह्रास हुनुमा पशुपालनमा कमी र रासायनिक मलको असन्तुलित प्रयोग रहेको बताइन्छ ।

    कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले उन्नत बिउ र कृषियन्त्रको बढ्दो प्रयोग, थपिँदै गएको सिँचाइको सुविधा, किसानको चेतना अभिवृद्धि, सूचना प्रविधिको बढ्दो प्रयोग लगायतका कारण खाद्यान्न र तरकारी बालीको उत्पादन विगतको तुलनामा बढेको उहाँको भनाइ छ ।

    खाद्य अधिकारका क्षेत्रमा कार्यरत परिवर्तनका लागि कार्यरत युवा समूह नेपाल(याक नेपाल)को केही वर्ष अघिको तथ्याङ्कका अनुसार खाद्यान्नको उपलब्धताका दृष्टिमा प्रदेशका पहाडी जिल्ला बाजुरा, बझाङ, बैतडी र दार्चुलाको अवस्था ऋणात्मक छ ।

    तराईका दुई जिल्ला कैलाली र कञ्चपुरमा भने खाद्यान्नको अवस्था पर्याप्त छ । यी दुई जिल्लामा उत्पादन हुने खाद्यान्नले पहाडका जिल्लाको ऋणात्मक अवस्थालाई पूर्ति गर्दै आएको छ । (रासस)

    बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.