एमसीसीको बाढी पस्यो
पैह्रो डलरको ।
भरै लाग्न छोड्यो अचेल
रातो कलरको । ।
Advertisement
कित भने रातो देख्दा
सजक हुन्थे तर्सी ।
तर्भुजाको आकार मात्रै
रैछ बरै फर्सी ।।
फर्सी पनि राम्रै हुन्थ्यो
न कुहिएको भए ।
समाएका जति कठै
गन्हाउने पो भए ।।
ओइरो पार्यौ भन्ने आज
परेका छन् जालमा ।
केको मुछी खान्थे बरै
दुलै पर्या थालमा।।
जो भुके जो जो झुके
कठै बरि हेर।
नाङ्गे झार पार्न फेरि
चारै तिर घेर ।।
आज बुद्धी नपुगे त फेरि
हुन्छौ हामी धुलो
उम्कनलाई कस्टै होला
लडाईं चल्ला ठूलो ।।
अर्जुन मानव (प्युठान)