काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै तीतो अनुभव गरेको बताएका छन् । गत पुस १० गते पाँचदलीय गठबन्धन तोडेर एकाएक एमालेसँग मिल्न गएका प्रचण्डले आफूले तितो अनुभव गरेको सुनाए ।
महेन्द्रनारायण निधिको १०१औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले बेला बेलामा उतारचढाव भएपनि आफू ठीक ठाउँमा आएको दाबी पनि गरे ।
‘मैले २ महिनाभित्रै त्यो तितो अनुभव गरेँ। हिजो ऐतिहासिक रुपमा भूमिका खेलेका शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू एक हुनुपर्छ,’ प्रचण्डले भने, ‘गिरिजाप्रसाद कोइरालाले आफूलाई भनेको कुरा स्मृतिमा आइरहन्छ। बेला बेलामा उतारचढाव भएपनि फेरि हामी ठिक ठाउँमा आइहाल्छौं। त्यसकारण हिजो म निकै खुसी र गर्व महसुस गरेँ।’
उनले १२ बुँदे सहमतिका पक्षधर शक्तिहरु एक ठाउँमा आउँदा नै देशको हित हुने बताए।
‘सबैभन्दा सहज कोर्श र प्राकृतिक कोर्श के हुनसक्छ भन्दा १२ बुँदे समझदारीहरू, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु, संविधान घोषणा गर्दा समावेशी लोकतन्त्रका मान्यताहरुमा जो सहमत भएका छौं,’ प्रचण्डले भने, ‘ती शक्तिहरु मिलेर अघि बढेर मात्र देशलाई विकास र समृद्धि दिनसक्छ।’

सबैभन्दा ठूलो दलको हिसाबमा नेपाली कांग्रेसलाई राष्ट्रपति पद दिन आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेको पनि उनले बताए। अब एमाले प्रतिपक्षमा जाने उनको भनाई थियो ।