काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
Advertisement
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोकसन्तप्त परिवार प्रति र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
सांसद रहमानको आज ६४ वर्षको उमेरमा निधन भएको हो । (रासस)