• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

१० वर्षदेखि चार पाङ्ग्रे लाइसेन्स परीक्षा बन्द


  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • गलकोट । उपयुक्त जग्गा अभावमा १० वर्षदेखि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउन सकेको छैन ।

    Advertisement

    धौलागिरि यातयात व्यवस्था कार्यालयका अनुसार उपयुक्त जग्गा अभावमा १० वर्षदेखि रोकिएको लाइसेन्स परीक्षा (ट्रायल) का लागि आवश्यक जग्गा भाडामा भए पनि लिन खोजिएको छ ।

    मापदण्डअनुसारको उपयुक्त जग्गा भाडामा लिएर चार पाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा लिने व्यवस्था गर्न यातायात व्यवस्था कार्यालय क्रियाशील छ ।

    नयाँ मापदण्ड लागू भइसकेपछि यातायात व्यवस्था कार्यालय बागलुङले लिँदै आएको चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा स्थगन गरियो । पछि दुई पाङ्ग्रे सवारीसाधनको लागि भाडामा जग्गा लिएर ट्रायल परीक्षा सञ्चालन गरे पनि चार पाङ्ग्रेको ट्रायललाई भाडामा लिन उपुयक्त जग्गा र पूर्वाधार अभावमा १० वर्षदेखि परीक्षा सञ्चालन गर्न नसकिएको हो ।

    धौलागिरि यातायात व्यवस्था कार्यालयले पूर्वाधारसहितको जग्गा भाडामा लिएर चार पाङ्ग्रे लाइसेन्सको परीक्षाको तयारी थालेको सूचना अधिकारी बद्रीनाथ गौतमले जानकारी दिनुभयो । दुई पाङ्ग्रे सवारीको ट्रायल परीक्षा सञ्चालन गर्न लिइएको बागलुङ नगरपालिका–१ रामरेखाको माझी बस्ती नजिकैको जग्गामा चार पाङ्ग्रे सवारीको परीक्षा सञ्चालनलाई जग्गा भाडामा ल्याउने तयारी भइरहेको छ ।

    दुई पाङ्ग्रे सवारीसाधनको ट्रायललाई भाडामा लिइएको जग्गाको मिति सकिँदैछ, पुन: ठेक्कामा लैजाने भनेका छौँ, त्योसँगै चार पाङ्ग्रेका लागि आवश्यक पूर्वाधार मापदण्डसहितको फेला परेमा भाडामै लिएर भए पनि एक वर्षभित्रै चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा लिने योजना छ, गौतमले भन्नुभयो, कार्यालयलाई भाडामा जग्गा लगाएको धौलागिरि ड्राइभिङ इन्स्टिच्युटले दुईपाङ्ग्रे ट्रायल सेन्टर नजिकै चार पाङ्ग्रेका लागि ट्रायल दिन आवश्यक पूर्वाधार बनाइसकेको छ, उक्त पूर्वाधार मापदण्डअनुसारको पाइएमा एकै स्थानमा दुई पाङ्ग्रे र चार पाङ्ग्रेको ट्रायल दिने व्यवस्था मिलाइनेछ ।

    अहिले निजीस्तरबाट सञ्चालनमा आएका ट्रायल सेन्टर सिक्न उपयुक्त भए पनि परीक्षालाई मापदण्डअनुसारको नभएको सवारी चालक अनुमतिपत्र शाखा प्रमुख श्याम थापा बताउनुहुन्छ । परीक्षालाई केही थप पूर्वाधारसमेत चाहिन्छ, सिसी टिभी जडानसहित परीक्षाका दिने र लिनेलाई केही कोठासहितको खुल्ला पूर्वाधार आवश्यक पर्दछ, थापाले भन्नुभयो, ट्रायल निर्देशिकाको मापदण्डअनुसार निर्माण भएको जुनसुकै संरचना भए पनि भाडामा लिएर परीक्षा दिने व्यवस्थामा लाग्छौँ ।

    जिल्लामा सवारीसाधनको चाप बढ्दै गएको र लाइसेन्स लिन पोखरालगायतका ठूला सहरमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै १० वर्ष पछि चार पाङ्ग्रे सवारी साधानको परीक्षा लिने तयारी भएको हो ।

    अहिले धौलागिरि यातायात व्यवस्था कार्यालयले दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल तथा लिखित परीक्षाका लागि आइतबार, सोमबार, मङ्गलबार र बुधाबार बायोमेट्रिक, बिहीबार रिट्रयालको राजस्व बुझाउने, मङ्गलबार रिट्राय लर बुधबार ट्रायल परीक्षा सञ्चालन गरिरहेको छ ।

    जग्गा अभावका कारण बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा नहुँदा ठूलो खर्च गरेर परीक्षा दिनका लागि पोखरासहितका अन्य ठूला सहरमा जानुपर्ने बाध्यता रहेको स्थानीय सविन पुनले गुनासो गर्नुभयो ।

    विसं २०६९ देखि सवारी चालक अनुमतिपत्र परीक्षाको नयाँ मापदण्ड लागू भएसँगै जग्गा अभावमा दुई पाङ्गे्र र चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा बन्द भएको थियो । दुई पाङ्गे्रका लागि माझीबस्ती नजिकै भाडामा जग्गा लिएर २०७४ सालदेखि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा पुन: सञ्चालनमा आए पनि चार पाङ्ग्रेको परीक्षा हुन नसकेको धौलागिरि यातायात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिंह थापाले बताउनुभयो ।

    साविक धौलागिरिको चार जिल्ला हेर्ने गरी धौलागिरि यातायात व्यवस्था कार्यालय २०६५ सालमा स्थापना थियो । अहिले धौलागिरि यातायात व्यवस्था कार्यालयले दैनिक ४० मोटरसाइकल र २० स्कुटर गरी ६० जनाको फर्म दर्ता गर्दै आएको छ ।

    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.