• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पर्यटकले नदेखेको अल्पेश्वर गुफा


  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • –सुमनजङ्ग थापा

    Advertisement

    कुश्मा । डेढ दशक अघि कटुवाचौपारीको जङ्गल छेउमा एउटा ओडार भेटियो । धेरैले जङ्गली जनावर लुक्ने स्थल भएको अनुमान गरे ।

    केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे । उनीहरूले त्यो ठाउँ जङ्गली जनावरको वासस्थान नभएर महादेव शिवको तपस्यास्थल भएको कुरा गाउँभर सुनाए । रातारात पूजाअर्चना र गुफा हेर्न चाहनेको घुइँचो बढ्न सुरु भयो । स्थानीय गुफाको संरक्षणमा जुटे । सुरुको दिनमा केही बाह्य पर्यटक गुफामा पुगे पनि उचित संरक्षण र प्रचारको अभावमा हिजोआज अल्पेश्वर गुफा पर्यटकविहीन बनेको छ ।

    एकान्त र साहसिक गतिविधि मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ । तीन तलाको गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदी खोलामा निस्कन सकिन्छ । गुफामा रहेका ताल तलैया र स–साना झरनाले मन रोमाञ्चित तुल्याउने गर्छ ।

    जाडोमा न्यानो र गर्मीमा चिसो हावा बहनु गुफाको फरक विशेषता रहेको अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका पूर्वअध्यक्ष नारायण अधिकारीले बताउनुभयो । उहाँका अनुसार गुफाभित्र बनेका आकृतिमा मनले सोचे अनुसार महादेव, पार्वती, शिवलिङ्ग, पाँच पाण्डव, शङ्ख, चक्र, हात्तीको सुँड, आदि प्राकृतिक आकृति आँखाले देख्न सकिने छ ।
    सदरमुकाम कुश्मादेखि १५ मिनेटको पदयात्रामा अल्पेश्वर गुफा पुग्न सकिन्छ । दुई वटा अग्ला तथा लामा झोलुङ्गे पुल कुश्मा–ज्ञादी र खरेहा–अधिकारीचौर पुल तरेपछि सजिलै गुफामा पुग्न सकिने भए पनि पर्यटक आकर्षित गर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन ।

    बाहिर जिल्लादेखि शैक्षिक तथा संस्थागत भ्रमण, पारिवारिक घुमघाम र प्रेमिल जोडी अग्लो पुलको अवलोकन र मज्जा लिन आउने गर्छन् तर उनीहरूलाई छेउमै रहेको गुफासम्म लान सकिएको छैन, स्थानीय राजबाबु पिसीले भन्नुभयो, स्थानीय सरकारको पर्यटनलाई हेर्ने दृष्टिकोण साँघुरो छ, पर्यटनसम्बन्धी कुनै चेत नै छैन, उनीहरूले बाटो र भवन बनाउने कुरालाई मात्र विकास सम्झन्छन् ।

    समथर र रमणीय ज्ञादीको फाँट हुँदै पुग्न सकिने गुफाको बाहिरी भागबाट माछापुच्छ«्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पञ्चासे र डहरेदेउरालीको लेक देख्न सकिन्छ । अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका पूर्वअध्यक्ष सुरेश पिसीका अनुसार त्यहाँबाट मोदी खोला, कालिमाटीको रमणीय डाँडा र बागलुङको भैरवथान मन्दिरसमेत देख्न सकिने छ । गुफामा विभिन्न प्रजातिका २० हजार बढी चमेरा बस्ने गरेको अध्यक्ष पिसीले बताउनुभयो ।

    साउनको प्रत्येक सोमबार, शिवरात्रि, बालाचदतुदर्शी मेलालगायत हिन्दू धर्मसँग जोडिएको दिनमाबाहेक अन्य समय गुफा सुनसान हुने गरेको छ । प्रकृतिले दिएको अथाह सम्पत्तिलाई राज्यले प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो, त्यो भएन । हामीले स्थानीयरूपमा धेरथोर गरेकै छाँै, त्यो पर्याप्त नहुने रहेछ”, अध्यक्ष पिसीले भन्नुभयो, जेठदेखि असोजसम्म पानीको बहाव गुफाभित्रै छिर्ने हुँदा पाँच महिना जति गुफामा प्रवेश गर्न सकिँदैन । रेलिङ हालेर पुलजस्तो बनाउन सक्ने हो भने बाह्रै महिना गुफा प्रवेश गराउन सकिन्थ्यो ।

    गुफामा हिँड्न सहज होस् भनेर फलामका भर्‍याङ राखिए पनि पूरै जोखिमपूर्ण अवस्थामा छन् । बिजुलीको तार टाँगिएको देख्न सकिन्छ तर बत्तीको सुविधा भने छैन । “यस क्षेत्र सहरको कोलाहलदेखि वाक्क भएकाका लागि केही छिन भए पनि प्राकृतिक आनन्दको मज्जा लिन सक्ने उचित गन्तव्य हो, घुम्न मन पराउने कुश्माका दिनेश तिवारीले भन्नुभयो, गुफाको संरक्षण राम्रोसँग भएको देखिँदैन । साँच्चीकै पर्यटकीय गन्तव्य बनाउने हो भने प्रचारले मात्र पुग्दैन गुफा र त्यस वरिपरिका क्षेत्रमा आकर्षण थप्न सक्नुपर्छ ।

    गुफाको ढाँचा हेरेर उत्तरतर्फ बगिरहेको गङ्गादेखि महादेव शिव प्रकट भई यस गुफामा आएर अल्प भएको किम्वन्दन्तीबाट यस गुफाको नाम अल्पेश्वर राखिएको भनाइ रहेको अध्यक्ष पिसीले बताउनुभयो । (रासस)

    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.