• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ममता (छोटो कथा)


  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • कल्पना पौडेल ‘जिज्ञासु’ ##
    अस्ताउँदो सूर्यको किरणले गोधूलि साँझलाई निम्तो गरिरहेको थियो । सप्तरङ्गी किरणहरूले घरको आँगन, बार्दली र वरिपरिको वातावरणलाई मनमोहक बनाइरहेको थियो ।

    Advertisement

    बिहानैदेखि चारोको खोजीमा उडेका चराचुरुङ्गीहरू साँझ बासमा फर्किने ओइरो थियो । चिरबिर चिरबिर गर्दै सुमधुर स्वरमा गुन्जिएको चराचुरुङ्गीको ध्वनि हरिकलाको कानमा गुन्जिन पुग्यो । उनी बार्दलीमा आइन् र डुब्दै गरेको सूर्यलाई हेरिन् । ओहो ¤ साँझ परेछ । घाम अस्ताएछन् । चराचुरुङ्गी पनि गुँडमा फर्किने बेला भएछ । गास, बास र कपासको खोजीमा उडेका मेरा छोराछोरी घर फर्किने दिन कहिले आउला ? भन्दै सुइय लामो सुस्केरा हालिन् ।

    बार्दलीबाट ठ्याक्कै देखिन्छ, झ्याम्म परेको समीको रुख, जसमा सुन्दर गुड बनाएर चराको जोडी बस्दछ । केही दिनदेखि पोथी ओथारो बसेकी थिई । त्यो दृष्य देखेर हरिकला आफू सुत्केरी हुँदाको पल सम्झेर मुसुक्क मुस्कुराउँथिन् । जीवनमा पहिलोपटक आमा बन्दाको क्षण अत्यन्तै सुखद मिठो र अविस्मरणीय लाग्थ्यो उनलाई । सायद संसारका सबै आमाहरूको अनुभूति यस्तै हुन्छ होला ।

    साना साना बचेरा गुडमा छोडेर पोथी चारो खोज्न जान्थी । भाले चरो खै कता जान्थ्यो कुन्नि ? पोथीले चारो ल्याएर चुच्चोबाट बचेरालाई खुवाएको देख्दा हरिकलाका आँखा रसाउथे ।

    प्रकृतिले के अचम्मको वरदान दिएको होला ? मान्छे हुन् वा पसुपन्छी, हरेक जीवजन्तुमा सन्तानप्रतिको ममता पोथीजातिमा उत्तिकै हुन्छ । कैयौँ यस्ता जीवजन्तु र पशुपन्छी पनि छन्, सन्तान जन्मिँदासाथ पिताको खतरा रहन्छ र नयाँ ठाउँमा सारेर सन्तानको रक्षा आमाले गरेकी हुन्छिन् । वास्तवमा जुनसुकै जन्तुमा किन नहोस्, आमा महान् छिन् ।
    आमा बन्ने सौभाग्य पाएकोमा प्रकृतिलाई धन्यवाद दिइन हरिकलाले ।

    धेरैजसो समय हरिकला बार्दलीमा बिताउथिन् । बाटोमा हिँड्ने बटुवालाई हेर्थिन् । बेला बेलामा नजÞर समीको रुखमा पुर्‍याउथिन् । बचेरा कत्रा भए होलान भन्ने जिज्ञासा लाग्थ्यो उनलाई ।

    हेर्दाहेर्दै बचेरा पनि भुर्र उड्न सक्ने भएछन् । पोथी तिनै बचेरासँग खेल्थी । रमाउँथे बचेराहरू । कति रमाइलो लोभलाग्दो देखिन्थ्यो वातावरण ।

    हरिकला आफ्नो विगत सम्झन्थिन् । घरि घरि भावुक हुन्थिन् । घरि घरि मुस्कुराउथिन् । मनै त हो, आफ्नो बसमा कहाँ हुन्छ र ?

    बचेरा गुड छोडेर उडे आकाशमा, जसरी हरिकलाका छोराछोरी सुन्दर भविष्यको खोजीमा सात समुद्रपारि जानका लागि उडेका थिए जहाजमा ।

    अब भने गुँडमा पोथी एक्लै हुन्थी, जसरि घरमा हरिकला हुन्थिन् ।

    दिन बितेर गए । बर्खा पनि लाग्यो । ठुलो हावाहुरी चल्यो । चराको गुडसहित हाँगा नै भाँचियो । पोथीलाई सामान्य चोटपटक लाग्यो । केही दिन त उड्नै सकिनन् ।
    समय बिते । सँगै घाउ पनि निको भयो । अर्को हाँगामा गुड बनाएर बस्न थालिन् ।

    अशक्त र कमजोर हुदैँ गएकी पोथी आजकल चारो खोज्न जान पनि सक्दिनथिन् । हरिकलाले केही दाना र पानी लगेर नजिकै राखिदिन्थिन तर पटक्कै खादैनथिन् पोथीले ।
    एक्लोपन महसुस गरेकी पोथी बचेरालाई सम्झेर बसेको आभास हुन्थ्यो । झन् झन् गल्दै गएकी थिई ।

    यो माया भन्ने चिज पनि अनौठो हुँदो रहेछ । मायाको आभासले मात्र बाँच्ने हिक्मत दिन्छ । कसैको माया छैन भने बाँच्ने इच्क्षाशक्ति मरेर जान्छ ।

    मायाममता जीवित मानिस, जन्तु–जनावरलाई मात्र होइन, बोटबिरुवालाई पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ कि ? कुनै एक बिरुवा गमलामा रोपेर यत्तिकै छोड्यौ भने त्यो हुर्किन्न, सप्रिँदैन, त्यसलाई स्याहारसुसार चाहिन्छ । मायालु स्पर्शले जनावर र बोटबिरुवा दुवैलाई नयाँ जीवन दिन्छ ।

    पोथी बिरामी थिई । यता, हरिकला पनि उमेर अवस्थाले गल्दै गएकी थिइन् ।

    एक दिन बार्दलीमा बसेर समीको रुखतिर नजर पुर्‍याइन् हरिकलाले । त्यहाँ त चमत्कार पो भएछ । बचेरा गुँडमा फर्केर आएछन् । सानोमा पोथीले जसरी चारो खोजेर ल्याएर चुच्चो बाट खुवाउथिन्, अहिले बचेराले पोथीलाई त्यसैगरी खुवाएका थिए । बचेराको सामिप्यताले पोथी तङ्ग्रिँदै गएकी थिई ।

    बाँच्नको लागि आफ्नाको माया चाहिने रहेछ । दानापानी त पहिला पनि दिएकी थिइन् हरिकलाले तर त्यो आफ्नोपन सन्तानको सामिप्यता थिएन पोथीलाई । अहिले पोथी पूर्ण रूपमा स्वस्थ भएकी थिइन् ।

    पोथीका बचेरा आमा र गुँड सम्झेर फर्के जस्तै मेरा छोराछोरी पनि त्यही जहाजमा चढेर फर्किने दिन आउला कि न आउला भन्दै हरिकलाले आकाशमा उडिरहेको जहाजलाई हेरेर आँसुका ढिक्का टप्प झारिन् ।

    (खजुरा, बाँके)

    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.