• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आलेख : चमेराको जीवनचक्र सङ्कटमा


  •   बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
  • –रामविकास चौधरी ।

    Advertisement

    लुम्बिनी, ११ फागुन (रासस) : जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टोे तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ ।

    पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनका लागि निकै महत्वपूर्ण मानिने स्तनधारी प्राणीमध्येका एक प्रजाति चमेरा लोपोन्मुख अवस्थामा पुगेकामा चमेरा संरक्षणकर्ता चिन्तित बन्न थालेका छन् । कपिलवस्तुका चमेरा संरक्षणकर्ता शम्भु सैनी भन्नुहुन्छ, ‘चमेरो कुकुर, बिरालो, खरायो, स्याल, बाँदर वा मान्छे जस्तै एक स्तनधारी प्राणी हो । विस्तारै यसको लोप हुँदै जाँदा जैविक विविधतामा समस्या आउन थालेको छ ।’ पर्यावरणका लागि हितकर यस्ता जीव लोप भएमा अनेक समस्या आउनसक्ने उहाँको भनाइ छ ।

    चमेरो संरक्षण समिति कपिलवस्तु नगरपालिका–३, देवानगढियाँका अध्यक्षसमेत रहेका सैनी भन्नुहुन्छ, ‘चमेरोले लगाएका गुन त खासै थाहा छैन । तर चमेराले पर्यावरणीय सुरक्षा र विपद् पूर्वको सङ्केत अवश्य गर्छ ।’ नेपालका जीव वैज्ञानिकहरू चमेरो अनुसन्धानमा नलागेका पनि होइनन् । तर प्रोत्साहन र उचित कदरको खाँचो छ । चमेरोको संरक्षणका लागि एक हेक्टर वनमा अभ्यास सुरु गरिएको उहाँले बताउनुभयो ।

    पोथी चमेरोले बच्चा जन्माउँछ, बच्चालाई दूध चुसाउँछ । चमेराको जीउमा भुत्ला हुन्छ तर प्वाँख हुँदैन । बच्चालाई गुँडमै छोडेर पोथी चमेरो अथवा आमा चमेरो एक्लै उडेर कतै जाँदैन् । पोथी चमेराले आफ्नो बच्चालाई आफ्नो जीउमै बोकेर उड्ने गर्छ भने बच्चा चमेरालाई आमाको जीउमा टाँसिएर बस्नुपर्ने हुन्छ । चमेराहरू खुट्टाका नङ्ग्राले रूखका हाँगा वा गुफाका चट्टानलाई च्यापेर झुण्डिन्छन् । तर दिसापिसाब गर्दा, भाले लाग्दा वा बच्चा पाउँदा भने हातका नङ्ग्राले च्यापेर बस्दछन् । त्यस अवस्थामा तिनको मुन्टो माथितिर नै फर्केको हुन्छ ।

    दि न्यू योर्क टाइम्स (२०१८ को अप्रिल १७) मा प्रकाशित एक लेखमा चमेरोको बारेमा उल्लेख गरिएको छ । लेखमा चमेरोको स्वरूप र स्वभाव कौतूहलपूर्ण रहेको र यसको पर्यावरणीय महत्वका व्याख्या गरिएको छ । चमेराको तीखो कोणाकारका पखेटाहरू हेर्दा झण्डै झण्डै मानिसको हात र पाखुराजस्तै देखिन्छ । चमेरो एक यस्तो जीव हो, जो स्तनधारी भइकन आकाशमा उड्न सक्तछ । चमेराको आकार चङ्गा जस्तै हुने भएकाले यसलाई आकाशमा सजिलैसँग उड्न मद्दत पुग्दछ ।

    चमेराहरू विभिन्न रङ्गका हुन्छन् । विशेषगरी यिनीहरू कालो र खैरो रङका हुन्छ तर केही चमेराहरू भने पहेंलो चम्किलो, चाँदी, सुन्तलालगायतका विभिन्न रङका चमेरा पनि पाइन्छन् । ‘रातिमा मात्र सक्रिय हुने चमेराले कृषिका लागि हानीकारक कीरा खाएर बालीनाली जोगाउन सहयोग पुर्‍याउँछ’, वन्यजन्तु विशेषज्ञ डा हेमसागर बरालले बताउनुभयो ।

    चमेरालाई दुई प्रकारका चमेराहरूमा वर्गीकरण गरिएको छ । एउटा मांशहारी चमेरो र अर्को फलाहारी चमेरो । मांसाहारी चमेरो कीरा, फट्याङ्ग्र्राहरू मात्र खाएर जीवन निर्वाह गर्दछ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्दछ । आकारमा मांशहारीको तुलनामा फलाहारी चमेरो अलिक ठूलो हुन्छ । मांशहारी चमेरोको सङख्या ७० प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत मात्र फलाहारी चमेरा रहेको बताइन्छ ।

    वन्यजन्तु विशेषज्ञ डा बरालका अनुसार विश्वमा एक हजार चार सय छ प्रजातिका चमेरा पाइन्छन् । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार ५५ प्रजातिका चमेरा भेटिएको छ । संसारमा ७० प्रतिशत मांशहारी र ३० प्रतिशत साहाकारी चमेरा भेटिएका छन् । ‘चमेरो पर्यावरण र जैविक विविधताको दृष्टिकोणले निकै नै उपयोगी जीव हो । यसले वन जङ्गल जोगाउन र बिउबिजन परागसेचन गरेर फूललाई परागषेचन गर्नसमेत मद्दत गर्छ’, डा बरालले बताउनुभयो ।

    चमेरा पर्यावरण र जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव मानिएका छन् । खासगरी फलाहारी चमेराले वनजङ्गल जोगाउन र बिउविजन परागसेचन गरेर फूलहरूको परागषेचन गर्नसमेत मद्दत गर्दछ । त्यसैगरी मांशहारी चमेराले मानिस र अन्नबालीका लागि हानिकारक मानिने कीरालाई खाएर मद्दत पुर्‍याइरहेको हुन्छ । एउटा चमेरोले एक रातमा दुई हजारदेखि छ हजारसम्म कीरा खाएर बाली संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । यसको मल प्राङ्गारिक मलका लागि उत्कृष्ट मानिन्छ । लटरम्म झुन्डिएर बस्ने चमेरो कानले देख्ने प्राणी हो । चमेरोले आफ्नो कानको ध्वनि र प्रतिध्वनिका माध्यमबाट हरेक कुरा ठम्याउँछ र देख्छ ।

    चमेराबाट सिको गरेर ध्वनि र प्रतिध्वनिको सिद्धान्तअनुसार स्थान, वस्तु र तिनको दूरी पत्ता लगाउने प्रविधि विकास भएको मानिन्छ । समुद्र वा तालको गहिराइ नाप्न पनि यो प्रविधि प्रचलनमा छ । आकाशमा उडेका हवाईजहाज वा पानीमा चल्दै गरेका जहाज र पनडुब्बी ठम्याउने राडर प्रविधिको आधार चमेरोकै ‘इकोलोकेशन’ प्रविधि हो भन्ने धेरैको मान्यता छ ।

    चमेरोको खुट्टा तुलनात्मक रुपमा सानो हुन्छ । यसको शरीर, पखेटा र खुट्टाका कारण जमिनबाट उडान भर्न सक्दैन । त्यसैले चमेरो रूख, गुफालगायतका ठाउँमा टाउको तल पारेर बस्ने गर्छ । यसरी बस्दा आफूलाई हुने असुरक्षा पनि उसले सजिलै थाहा पाउँछ र सुरक्षित उपाय खोज्छ । चमेराको बासस्थान विनाश हुँदै जाँदा र वातावरण अनुकूल नहुँदा चमेराहरूको बसाइ गुफामा बढ्न थालेको नेपाल पक्षी संरक्षण सङ्घका वन्यजन्तुविद् भूपाल नेपालीको भनाइ छ ।

    वन्यजन्तुविद् नेपालीका अनुसार चमेरोले अन्धकारमा बाटो पहिल्याउनका लागि सुन्ने क्षमताको पनि प्रयोग गर्छ । आँखा मात्र होइन राति उडान भर्दा सुन्ने तीक्ष्ण क्षमतालाई पनि उसले उपयोग गर्छ । उहाँ भन्नुहुन्छ, ‘अँध्यारोमा सिकार गर्दा चमेरोले उडेको समयमा अल्ट्रा सिग्नल पठाउँछ, जसले चमेरालाई सिकार गर्न सहज बनाउछ । अगाडि कुनै वस्तु छ भने उक्त सिग्नल फर्केर आउँछ । यसरी उसले अगाडि कुनै अवरोध नभएको निर्धारण पनि गर्न सक्छ ।’

    चमेरो ४१ वर्षसम्म बाँचेको तथ्याङ्क छ । चमेरा जाडो मौसममा न्यानो स्थान खोज्दै बसाइसराइसमेत गर्छन् । एक दिनमा दुई सय ५० माइल्स उड्ने अनुसन्धानबाट देखिएको छ । प्रतिघण्टा ७० माइल उडान गर्नसक्ने चमेराले १० हजार फिट उचाइसम्म उडान भर्न सक्ने बताइन्छ ।

    मानव ढुङ्गेयुगबाट कृषि युगमा प्रवेश गर्यो त्यसबेला देखि नै चमेरा र मानव जातिको अन्तरसम्बन्ध नजिकिँदै गएको मानवशास्त्रीको भनाइ छ । वन्यजन्तुविद् नेपालीले भन्नुभयो, ‘चमेराले हाम्रो घर तथा वरिपरि रहेका रुख, झाडी, र बगैंचामा बस्न रुचाउँछन र त्यही गँुड बनाएर बच्चा पनि कोरल्छन् ।’ गुफामा बास बस्ने चमेरो साना खालका हुन्छन् र तिनको आहारा भनेको रातमा उड्ने कीटपतङ्ग, लामखुट्टेलगायत अनेकौँ ससाना प्राणी हुन् ।

    एकातिर पुरानो र परम्परागत चमेरामैत्री घर नहुनु, रुख बिरुवा विनाश हुनु, प्रदूषण, चेतनाको कमी, आहाराको कमीको समस्या बढ्दै गएको छ भने अर्कोतिर यिनीहरुलाई संरक्षण गर्नुको सट्टा मार्ने र धपाउने प्रवृत्तिले पनि चमेराको सङ्ख्यामा कमी आएको उहाँले बताउनुभयो ।

    एक अध्ययनले मोबाइल फोन र यसको टावरको विकीरणको कारणले पनि असर पारेको उहाँको भनाइ छ । सहरका बिजुलीको तारमा बस्ने क्रममा पनि चमेरा मर्ने गरेको छ । चमेराको चर्चामा पोखराको चमेरे गुफा, महेन्द्र गुफा, गुप्तेश्वर गुफा विशेष उल्लेखनीय छन् ।

    केही वर्षअघिसम्म काठमाडौँका नारायणहिटी, केशरमहल तथा भक्तपुरको सल्लाघारीमा बथानका बथान पाइने चमेरा आजभोलि देख्न मुस्किल भएको छ । बढ्दो सहरीकरणले निम्त्याएको धुलो, धुवाँ, बिजुलीका तार र रूखबिरुवाको विनाशले गर्दा रुपन्देही, कपिलवस्तु र काठमाडौँलगायत सबैतिर चमेराको सङ्ख्या दिनदिनै घट्दो छ । (रासस)

    बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.