बाजुरा । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
Advertisement
सुदूरपश्चिममा केही समययता लगातार भूकम्पको धक्का महसुस भइरहेको छ।
यसअघि माघ १० गते बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो ।
त्यसलगत्तैमाघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । बुधबारको भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन।