विराटनगर । मोरङमा एक महिलाको हत्या भएको छ । बुढीगंगा नगरपालिका २ महिलाको हत्या गरेर बोराभित्र लुकाएको अवस्थामा शव भेटिएको हो ।
Advertisement
पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया ती महिलाको घाँटीमा चोट रहेको प्रहरीले जनाएको छ।
स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। अहिले घटनास्थलमा डीएसपी रन्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ।
प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।