काठमाडौं । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न विपक्षी नेपाली कांग्रेसका नेताहरु बालुवाटार पुगेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्नआइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका पार्टीका शीर्ष नेताहरु बालुवाटार पुगेका स्रोतले जनाएको छ ।
नेकपा (एमाले) लाई राष्ट्रपति दिन असहमत प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुटाउन सर्वदलीय बैठक बोलाउने पनि तयारी गरेका छन्।
यस्तै, माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार पदाधिकारी बैठक बोलाएको छ। बैठक बस्नु अघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।