पूर्णबहादुर शाही
इतिहासको विरासतमा कर्णालीले आफैमा एक शक्तिशाली महाअभियानको थालनी गर्दै गर्दा पूर्वको कालिगण्डकी पश्चिमको टिष्टा–काँगडा र उत्तरको तिब्बतदेखि दक्षिणमा गङ्गानदीको तटसम्म आफ्नो सिमाना विस्तार गरी उदीयमान शक्तिशाली साम्राज्यको रूपमा पहिचान दिन सफल भएको कुरा यससम्बन्धी जानकार तथा इतिहासकारले अथ्र्याउने गरेको पाइन्छ ।
एक अद्भुत कलाक्षमता भएका छि:छिम नाम गरेका औतारी लामादेखि सिञ्जा साम्राज्यका नायक नागराज क्राचल्ल हुँदै जुम्ली राजा बलिराज शाही र यिनका सन्तान शोभान शाहीसम्मको ऐतिहासिक कालखण्ड हुँदै वर्तमानसम्म आइपुग्दासम्मको कर्णालीप्रतिको हेराइ, बुझाइ र भोगाइसम्बन्धी घटनाक्रमको सिंहावलोकन गर्न जरुरी देखिन्छ । त्यतिबेला विभिन्न दरामा विभाजन गरिएको कर्णालीको सामाजिक रीतिथिति, परम्परा पहिचानयोग्य नै छ ।
असिदरा, पानसय दरा, रकालदरा, सान्नी–रास्कोट, पलाता, कालिकोट, सोरुगल्वा, सिमिकोट, लिमी, तुम्च, खत्याड, गमलगायत १८ दरामा विभाजित त्यति बेलाको कर्णाली पछि शासकय संरचनाको फेरबदलपश्चात भेरी र कर्णाली अञ्चलको नामबाट विभिन्न जिल्लामा विभाजित हुँदै हालको सङ्घीय संरचनाअनुसार यसलाई हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, पश्चिम रुकुम र सल्यान गरी १० जिल्ला कायम गरी कर्णाली प्रदेश नामकरण गर्न सफल भएको छ ।
हिजोको शामन्ती एकात्मक राज्प्रणालीभित्र कचहरी प्रथा, बाली अरमल प्रथा, सामाजिक विकास निर्माणमा सामूहिक सहभागिता जस्ता प्रजातान्त्रिक परिपाटीको अभ्यास विगतदेखि कर्णालीले अवलम्बन गर्दै आएको देखिन्छ । सन् १४०९ देखि विभक्त र विभाजित हुँदै आएको कर्णाली सन् १८६४ मा नेपाल एकीकरण अभियान विस्तारको क्रममा बहादुर शाहको नायबीकालमा जुम्ला राज्यको विलय भएको पाइन्छ । थुप्रै असफल प्रयासका बाबजुद नाथे गोसाई र शिवनारायण खत्री जस्ताको चुक्लीबाट झोराली सेना दसैँविदामा बसेको मौका छोपी जुम्ली राज्य कब्जा गर्न सफल भएपश्चात जुम्ला राजाका सन्तानहरू, जसले सहजै गोर्खाली सेनाका अगाडि आत्मसमर्पण गरेनन्, उनीहरूलाई कत्लेआम गरी सामूहिक हत्या गर्ने नीति अपनाइयो । त्यसअनुसार कर्णालीका विभिन्न ठाउँमा काटमार र लुटपाटको स्थिति सृजना भएको पाइन्छ । त्यसै सिलसिलामा गमगढी मोर्चामा ठुलो लडाइँ भएको र उक्त लडाइँमा दुवै पक्षतर्फ ठुलो मानवीय क्षति हुन पुगेता पनि अन्तमा बहादुर शाहको थप सैन्यशक्तिका बलले उक्त गमगढी मार्चोमा पनि हार ब्यहोर्नुपरेको थियो । त्यस क्रममा ठुलो धनजनको क्षति भएको । गमगढी मोर्चाबाट ज्यान जोगाउन भागेर आएका शाही राजाका सात जना सन्तानलाई हालको कालिकोट जिल्ला पञ्चालझर्ना गाउँपालिकाअन्तर्गतको सारखोलानजिक सामूहिक हत्या गरी गोर्खाली सेनाले विजयोत्सव मनाउँदै “हित काटिया कुरा नेठिया” भन्ने भनाइ उद्धृत गरेको किंवदन्ती बुढापाका जानकारबाट सुन्न र बुझ्न पाइन्छ । यति हुँदाहुँदै पनि हत्या, हिंसाबाट मात्तिएका गोर्खाली सिपाहीको ज्यादती, लुटपाट, हत्या बलात्कार जस्ता घटनाक्रम नरोकिएपछि असह्य पीडाबोध भएर एक जना बुढीआमैले अनुनय विनय गरेको पाइन्छ । यसरी :
“भातु खाया सोमान शाहीले ताउली हाल्या कुम्ला,
अति भयो गोर्खाली अऊ, छाडी अल जुम्ला”
माथि उल्लेखित साहित्यिक टुक्काले राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभाव र सामाजिक मर्यादालाई आत्मसात गर्नुपर्ने भाव झल्काइएको पाइन्छ भने दोस्रो पङ्क्तिले अत्याचार सहन गर्न नसकेर प्रतिरोध गरेको बुझिन्छ ।
यसरी कर्णाली र कर्णालीबासीले विभिन्न कालखण्ड र समयचक्रका घटनाक्रमको तितो यथार्थता धाडो, धपाडो, अन्नपाला, भारीपाला, दौडेली प्रथा, राज्य र माओवादीको ज्यादतीको सामना गर्नुपरेको इतिहास साक्षी छ ।
इतिहासकार योगी नरहरि नाथ, प्रेम कैदी, रत्नाकर देवकोटालगायत डा. दीपक गौतम र डा. दीपेन्द्र रोकाया यस क्षेत्रका साहित्यक नक्षत्र हुन् । यिनीहरूका लेखरचनाबाट कर्णालीको दबाइएको इतिहासलाई आफ्ना प्रकाशन र कृतिद्वारा खोज–अनुसन्धान गर्न अवसर प्रदान गर्नुहुने साहित्यकार तथा इतिहासकारलाई सम्मान नगरिरहन सकिँदैन । उहाँहरूले यस क्षेत्रमा कलम नचलाएको भए तत्सम्बन्धी सन्दर्भ सामग्री भेट्याउन मुस्किल पथ्र्यो होला ।
सिँजा साम्राज्यको हिउँदकालीन राजधानीको रूपमा अवस्थित सुर्खेत कर्णाली प्रदेशकै मुख्य प्रदेशद्वार तथा वर्तमान संरचनाअनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर पुरानो दोभानचौरबाट परिचित छ । दैलेख जिल्लाबाट विभाजित सुर्खेत जिल्ला २०२३ सालको औलो उन्मूलनपछि गोठिकाँडामा रहेको तत्कालीन सरकारी कार्यालय तल फाँटमा सार्ने र विस्तारै बस्ती विकास हुँदै जाने क्रममा सुर्खेत जिल्लाको सदरमुकाम पछि राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा यसलाई वीरेन्द्रनगर भनेर नामकरण गर्न लगाइयो ।
हाल यहाँबाट सुर्खेत–जुम्ला, सुर्खेत–जाजरकोट, सुर्खेत–दैलेख, सुर्खेत–अछामको साँफेबगर र सुर्खेतदेखि दाङ पुरन्धरा सडक निर्माणाधीन अवस्थामा छ । सुर्खेत–भुरिगाउँ जोड्ने, सुर्खेतदेखि डोटी जोड्ने जस्ता सडकको परिकल्पना गरिएको भए पनि काममा भने निकै ढिलासुस्ती पाइन्छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्व राख्ने जमुना–हिल्सा सडकखण्ड (कर्णाली करिेडोर) को काम अगाडि बढाइएको छ तर सम्पन्न हुन अझै बाँकी छ । मानसरोबर तीर्थाटनका लागि अत्यन्तै महत्त्वपूर्ण मार्गका रूपमा बहुचर्चित कर्णाली करिडोरको सम्भाव्य अध्ययन गराउनतर्फ राज्यको ध्यानकेन्द्रित गराउन स्थानीय स्तरबाट हस्ताक्षर सड्ढलन तथा वृतचित्र जस्ता सामगूी तयार गरेर तत्कालीन र प्रधानमन्त्री गिरजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बखत् कर्णाली किनारबाट जमुना–हिल्सा सडकको सर्वे डिजाइन गराउन स्थानीय समाजसेवी बौद्धिक व्यक्तित्व तत्कालीन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य देवज· शाही र जिल्ला अध्यक्ष जयकृष्ण सञ्ज्यालको भूमिकालाई सम्मान गर्नुपर्दछ ।
कर्णाली किनारमा अवस्थित कडा चट्टान भएकाले बाटो बनाउन असम्भव भन्ने मनसायका साथ कर्णालीलाई अपेक्षित दृष्टिकोणबाट प्रभावित सडक विभागका अनुयायीलाई बाटो खोल्नतर्फ अभिप्रेरित गराउन पहलकदमी उठाउने महान् कार्यका बाबजुद आज कर्णाली करिडोरबाट गाडीमा यात्रा सुचारु भएको अवस्थाले उक्त रचनात्मक कदमप्रति सि·ो कर्णालीबासीले सम्मान गर्नैपर्छ । ढिलोचाडो समाज विकासको पक्षमा हुने सकारात्मक घटनाक्रमप्रति नागरिकहरू सचेत हुन जरुरी देखिन्छ ।
कर्णाली अथाह सम्भावनाको खानी हो । धार्मिक, ऐतिहासिक तथा सामरिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । कैलाश मानसरोबरबाट मूल भई हिमाल, पहाड र तराईका भूभागलाई छिचोल्दै नागबेली रूपमा जलप्रवाहीकरण गर्दै हजारौँ खोला, झरना र सहायक नदीको साथ बटुल्दै ग·ानदीमा अवसान हुँदै गर्दा विश्वको सबैभन्दा स्वच्छ सफा हिमनदीको रूपमा परिचित कर्णाली नदी यस क्षेत्रको अथाह सम्भावनाको कडी हो ।
स्वच्छ पिउने पानीको अभाव विश्व मानव जातीका अगाडी खड्कीदै गइरहेको बेला यसलाई उपयोग गर्न सके कर्णालीबासी मात्रै होइन, हामी नेपालीहरू भिकम·ा होइनौँ । विश्वका धनी मानिसमा गणना लिन सक्ने कुरा निश्चित छ । मानव सभ्यताकै पहिचानसँग जोडिएको कर्णालीनदी र यस नदीकिनारमा विभिन्न मानव समुदायको बसोबासका साथै विकसित हुँदै आएको पाइन्छ । मधेस, पहाड र उच्च हिमाली शृङ्खलाभित्र विविध थरिको हावापानी र थरीथरीको भौगोलिक बनावटका कारण यस क्षेत्रमा पशुपालन, जडीबुटी, फलफूल तरकारी र अन्नबालीको उत्पादन र प्रवर्धनलाई व्यवस्थित गर्न सके आफँैमा समृद्धशाली कर्णाली हिजोको उनखेती गरेर सुनको खोजीमा हिँड्ने कर्णालीबासी आज आत्मनिर्भर होइन, परनिर्भर हुन पुगेका छन् ।
यहाँ उत्पादित रातो मार्सी चामल भोटतिब्बतसम्म निर्यात गरिन्थ्यो । तिकुनिया राजापुरबाट सुती धागो गट्ठा लिएर वा स्थानीय स्तरमा कपासखेती गरेर चर्खा काट्ने तानमा ठेटुवा बुनिन्थ्यो । भेडाबाख्राको उनबाट राडीपाखी उत्पादन हुन्थे । त्यसैले थियो, कर्णाली आत्मनिर्भर तर अहिले खेतपाखा बाझो राखी युवापुस्ता विदेश धाउने, पशुपालन छाडी डेयरीको दुध र ब्रोइलर मासुमा जीविका निर्वाह गर्ने, फलफूल, तरकारी विदेशबाट आयातित गर्ने उपभोक्तावादी चिन्तनले अस्तव्यस्त बनाउने चालबाजीलाई च्यात्न सके सि·ो समाज जागरुक भएर एकपटक उठ्न सके हामी स्वाभिमानी पक्कै बन्न सक्छौँ । हाम्रा खेतीबारीमा उब्जनी हुने रैथाने बालीहरू धान, मकै, कोदो, गहुँ, फापर, चिनो, कागुनो, जुनेली, उवा जस्ता अन्नबाली र मास, सिमीभट्ट जस्ता दालका साथै थरीथरीको फलफूल स्याऊ, सुन्तला, आँप, केरा, आरु, ओखर उत्पादनले स्वदेशमा मात्र हैन, विदेशमा समेत कर्णालीको अर्गानिक उत्पादनले मार्केट लिन सकिन्छ । यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।