• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बाँदर नियन्त्रणको उपाय खोज्दै मन्त्री गुरुङ


  •   बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
  • लेखनाथ ।  मकै छर्न खेतबारी खनजोत गर्ने समय सुरुसँगै पोखरा–२२ लुकुमस्वारा निवासी कृष्ण पौडेललाई यतिबेला बारीमा छरेको मकै बाँदरबाट कसरी जोगाउने भन्ने चिन्ता छ ।

    Advertisement

    मकै मात्र होइन बारीमा लगाएको तरकारी र फलफूलसमेत बाँदरले राख्दैन, रातदिन बाँदर धपाउँदैमा समय खर्चनुपर्छ, यहाँका किसानलाई ।

    पोखरा–१३ आर्वाका किसान हरिकृष्ण सिग्देलेको चिन्ता पनि बाँदरबाट कसरी तरकारी तथा अन्नबाली जोगाउने भन्ने नै छ । खर्च गरेर मकै र तरकारी रोप्यो बाँरदको आहारा बन्छ, परिवारले के खाने सिग्देलले दु:ख व्यक्त गर्नुभयो । बारीको मकै र तरकारी जोगाउन छिमेकी मिलेर बाँदर धपाउन आलोपालो गर्ने गरेका छौँ तर पनि मानिस नभएको मौका छोपेर बाँदरले तरकारी तथा मकैबारीमा पसेर खाइदिने गरेको किसान सिग्देल बताउँनुहुन्छ ।

    कास्कीका अधिकाशं गाउँका किसान बाँदर आतङ्कबाट पीडित छन् । पछिल्ला वर्ष त बाँदरले झ्यालबाट पसेर भरभित्रको अन्नसमेत लिएर भाग्ने गरेको सिग्देलले सुनाउनुभयो ।

    पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले भन्नुभयो, किसानले लगाएको बाली बाँदरबाट जोखाउन अनेकौँ उपाय गर्‍यौँ, तर नियन्त्रण गर्न सकिएन । उहाँका अनुसार बादरबाट तरकारी तथा मकैबाली जोगाउन सक्यौँ भने पनि वडाका अधिकांश किसानले राहत मात्र होइन, अन्नबाली किन्न समेत थोरै पथ्र्यो । गण्डकी प्रदेश सरकारसँग बाँदरको सङ्ख्या वा तिनीहरूले अन्न तथा तरकारी बारीमा गरेको क्षति विवरणको तथ्याङ्क भने छैन ।

    गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले आफू बाँदर नियन्त्रण गर्ने उपायको खोजीमा रहेको बताउनुभयो । कास्की तथा यस प्रदेशमा रहेका जिल्लाको अधिकाशं गाउँका किसानको गुनासो नै बाँदरबाट पीडित हुनुपरेको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा बाँदर मार्ने अधिकार छैन । बाँदरलाई जसरी हुन्छ किसानको अन्नबाली खान नदिन र किसानबाट टाढा राख्नु मुख्य चुनौती भएको छ । किसानको बारीमा बाँदर नआउने अचुक उपाय कसैसँग भए लाखौँ रुपैयाँको पुरस्कार दिनेसमेत मन्त्री गुरुङले घोषणा गर्नुभयो ।

    “किसानलाई खेतबारीमा टिकाइराख्न बाँदरलाई जङ्गलतिरै रोक्नु आवश्यक छ । तर, बाँदरका कारण किसानले भोग्नुपरेको क्षतिबारे थाहा हुँदाहुँदै पनि यो समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अनभिज्ञ छौँ, मन्त्री गुरुङले भन्नुभयो, बाँदरले किसानको बारीमा पुर्‍याएको क्षतिलाई मूल्याङ्कन गरी क्षतिनपूर्ति दिने व्यवस्था कानुनमा नै छैन ।

    सन् २०१७ मा कास्कीमा गरिएको एक अध्ययन अनुसार रेसस मकाक प्रजातिका बाँदरले बढी मात्रामा आक्रमण गर्ने बालीमा मकै, आलु, गहुँ, काउली र धान छन् । सन् २०१७ मा सर्वेक्षण गरिएका ६० घरधुरीमध्ये ३२ प्रतिशतले २० हजार रुपैयाँ नोक्सन भएको प्रतिवेदन सार्वजनिक भएको थियो भने ३० प्रतिशतले भने १० देखि २० हजार रुपैयाँ नोक्सान भएको जानकारी दिएका थिए ।

    मन्त्री गुरुङले भन्नुभयो, पाँच वर्ष म मादी गाउँपालिकाको अध्यक्षमा रहेँ, त्यहाँ पनि किसानको टाउको दुखाइ बाँदर आतङ्क नै बन्यो, नियन्त्रणका लागि बजेट पनि छुट्याइयो तर बाली जोगाउन सकिएन, बाँदर नियन्त्रणको अचुक उपायको खोजी यसअघि पनि गरिएको हो, तर पत्ता लागेन, अहिले प्रदेशको मन्त्री भएको छु, जिल्लाहरूबाट किसानको गुनासो बाँदरले अन्न तथा तरकारी वालीमा क्ष्यति पुर्‍याएको आइरहेका छन् ।

    कुकुरसँग केही मात्रामा बाँदर डराउने भए पनि समूहमा आएका बाँदरले कुकुरलाई नै झम्टने गर्छन् । संरक्षित प्रजाति भएकाले बाँदरलाई मार्नु गैरकानुनी हुने मन्त्री गुरुङको भनाइ छ । बाँदरलाई धपाउनु नै हो, हामीसँग बाँदरलाई समात्ने वा बन्दी बनाउने कुनै साधन छैन, उपायको खोजी नभएसम्म बाँदरलाई धपाउनुको विकल्प छैन, मन्त्री गुरुङले भन्नुभयो ।

    राससको कुराकानीमा मन्त्री गुरुङले भन्नुभयो, किसानको अन्नबालीमा बाँदर पस्न नसक्ने उपाय खोज्नका लागि बाँदर विज्ञहरूसँग छलफल अघि बढाउने तयारी गरेको छु । बाँदरलाई तर्साउनका लागि बाँदर बन्दुक प्रयोग गरियो तर बन्दुकले पनि बाँदर नभागेको पोखराका किसान सूर्य बरालले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, एक दुई हप्तापछि बाँदरलाई बन्दुकको आबाज सुन्ने बानी पर्‍यो ।

    बाँदरबाट पीडित किसान बीमा र क्षतिपूर्ति नीति ल्याउन गण्डकी प्रदेश सरकारलाई दबाब दिइरहेका छन् । यसैवर्ष मात्र कास्कीको मादी गाउँपालिकाले बाँदर नियन्त्रणको लागि यसै आर्थिक वर्षमा रु १२ लाख बजेट विनियोजन गरेको छ, तर उपयुक्त विधि नभएका कारण दिगो रुपमा बाँदर नियन्त्रण गर्नसक्ने अवस्था छैन ।

    बुढापाकाको भनाइ अनुसार चितुवा बसेको ठाउँमा बाँदर बस्दैन भनिन्छ, तर गाउँमा चितुवा ल्याएर राख्न पनि सम्भव हुने कुरै भएन, मादीका किसान इन्द्र सापकोटाले भन्नुभयो, बाँदरका लागि जङ्गलमा नै आहरा उपलब्ध गराउन सकेको खण्डमा गाउँमा पस्ने थिएनन् कि ? विज्ञहरूले खाद्यान्न अभावका कारण बाँदर ग्रामीण भेगबाट अर्ध–सहरी बस्तीतर्फ आइरहेका छन् ।

    नेपालमा बाँदरको आधिकारिक तथ्याङ्क नभएको डिभिजन वन कार्यालय कास्कीका डिभिजनल वन अधिकृत केदार बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा मुख्यतया तीन प्रजातिका रेसस मकाक, असामी बाँदर र हनुमान लङ्गुर बाँदर छन् ।

    हनुमान लङ्गुुर र असामी बाँदरको खतरा अलि थोरै र रेसस मकाकले बालीमा सबैभन्दा बढी क्षति पुर्‍याउने गरेको छ । नेपालको कानुनमा पनि विभिन्न १४ वन्य जन्तुले पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिने व्यवस्था छ, तर बाँदरले पुर्‍याएको क्षतिपूर्ति दिने व्यवस्था नभएको जानकारी बरालले दिनुभयो । (रासस)

    बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.