• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङमा पानीको स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान


  •   बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
  • बलेवा । पानीको स्रोत सुक्न नदिन बागलुङमा ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रममार्फत ११ वटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालयले सामुदायिक वनसँग मिलेर पोखरी निर्माण गरेको हो ।

    Advertisement

    पानीको स्रोत संरक्षण, जङ्गलभन्दा तल्लो भूभागमा रहेका पानीका मुहानको ‘रिचार्ज’ गर्ने र जङ्गली जीवजन्तुलाई पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण अभियान थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    पोखरी निर्माणले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुलाई खानेपानी सुविधाका लागि वनमै स्रोतको सुनिश्चितता हुने अधिकारीले बताउनुभयो ।

    आर्थिक वर्ष २०७७/७८ मा पाँच र २०७८/७९ मा छ गरी कूल ११ वटा पानीपोखरी निर्माण सम्पन्न भएका छन् । चालू वर्षमा पनि छ पोखरीका योजना स्वीकृत भएका छन् । कच्ची पोखरी निर्माणले पानीको सञ्चिती बढाउँछ, अग्ला पहाडमा बनेका पोखरीले तल्लो भूभागमा रहेका पानीका मुहानलाई सघाउँछन, अधिकारीले भन्नुभयो, बढ्दो जनसङ्ख्याको मागअनुसार खानेपानी पुर्‍याउन दीर्घकालीनरुपमा पोखरीले महत्व राख्छन् ।

    कार्यालयले चालू आवमा जैमिनी, बागलुङ नगरपालिका, बरेङ, काठेखोला, निसीखोला, तमानखोला गाउँपालिका र गलकोट नगरपालिकामा एक/एक पोखरी निर्माणको योजना छ । सामुदायिक वनबाट प्रस्ताव प्राप्त भए पनि निर्माण नभएको कार्यालयले जनाएको छ ।

    अभियानको पहिलो वर्ष रु पाँच लाख ६५ हजार लगानीमा बडिगाड–४ को ठूलो वन सामुदायिक वन, बागलुङ नगरपालिका–१० को हिराताल पर्यटकीय सामुदायिक वन, तमानखोला–२ को रानीवन सामुदायिक वन, बरेङ–२ को चियापानी, बागलुङ नगरपालिका १३ र १४ को भुल्केमूल धैरेनी तथा ढोरपाटन नगरपालिका–४ को सिनका सामुदायिक वनमा पोखरा निर्माण गरिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिनुभयो ।

    गत वर्ष पोखरी निर्माणका लागि प्राप्त १० लाखमध्ये आठ लाख ३० हजार लागतमा बरेङ–२ को पधेराडाँडा महिला, बागलुङ नगरपालिका–३ को रातमाटा, गलकोट नगरपालिका–७ को लाम्दारा, काठेखोला गाउँपालिका–५ को शिवधुरी र बागलुङ नगरपालिका–७ को तितौरे सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

    कार्यालयले पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई कार्यालयल एक लाख उपलब्ध गराउँदै आएको छ । कार्यालयले उपलब्ध गराउने रकमबाहेक थप १० प्रतिशत रकम उपभोक्ताको साझेदारीमा लगानी हुन्छ ।

    सकेसम्म पानीको मुहान नजिकै पोखरी निर्माण गरिन्छ । मुहान नजिक पोखरी निर्माण गर्ने अवस्था नभए पाइपमार्फत पानी लगेर पोखरीमा जम्मा गर्ने गरेको बडिगाड गाउँपालिका सव डिभिजन वन कार्यालय बडिगाडका प्रमुख दीपक श्रीसले जानकारी दिनुभयो । मुहान नजिक नभएको र पाइप खरिद गर्न बजेट अभाव भएको ठाउँमा आकासे पानी संरक्षण गरी पोखरीमा जम्मा गरिएको उहाँको भनाइ छ ।

    वन क्षेत्रमा पानीको सतह सुक्दै जान थालेपछि वन्यजन्त सामुदायिक वन छाडेर पलायन हुने अवस्था आएपछि कार्यालयले पानी पोखरीको व्यवस्थापन गर्न थालेको हो । पानीको अभावमा सामुदायिक वनबाट लोप हुँदै गएका जीवजन्तु र चराचुरुङ्गी जोगाउन पोखरी निर्माणको अभियान सहयोग बन्ने अपेक्षा गरिएको छ ।

    मानिसले आफ्नो प्रयोगका लागि मुहानमा सिमेन्ट प्रयोग गरी पक्की घेराबन्दी गर्ने तथा पाइपमार्फत सिधै ट्याङ्कीमा पानी पुर्‍याउँदा पानीको खोजीमा वन्यजन्तु बस्ती पस्दा मानिस र वन्यजन्तुबीच द्वन्द्व बढेको कार्यालय प्रमुख घिमिरेको भनाइ छ । वनमा पोखरी निर्माण भएपछि पानीको खोजीमा वन्यजन्तु बस्ती नपस्ने उहाँको भनाइ छ ।

    बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.