सुर्खेत । दुर्घटनामा एक महिलाको मृत्युको विषयलाई लिएर भएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरे छ ।
Advertisement
मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको हो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् ।
आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्।
आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप तनावग्रस्त बन्दै गएको छ। आफन्तहरुले उक्त घटनाका दोषीलाई कारबाही र राहतको माग गर्दै आन्दोलन जारी राखेका छन् ।