महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदीमा फसेका २० जना मजदुरको प्रहरीले उद्धार गरेको छ ।
Advertisement
सोमबार भारतीय पक्षले नेपाली पक्षसँग समन्वय नै नगरी बनबासास्थित महाकाली ब्यारेजको ढोका खोलिदिँदा नदीमा पानीको सतह बढ्न गइ उनीहरु फसेका थिए ।
सोमबार बिहान ११ बजेतिर महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ८ वटा ट्याक्टर नदीले डुबाएपछि उनीहरु ट्रयाक्टरमाथि बसेका थिए ।
तत्कालै इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले बनबासा ब्यारेज पुलसँग समन्वय गरी पुलका ढोका बन्द गर्न लगाएको थियो ।
सवा १२ बजेतिर जेसीबीको सहयोगमा ट्याक्टर र त्यहाँ फसेका २० जनालाई नदीबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।