जेनेभा । कङ्गोमा विद्रोहीको हिंसात्मक हमलाका कारण सर्वसाधारण नागरिक विस्थापित हुने क्रम बढेको छ ।
संयुक्त राष्ट्र सङ्घले पछिल्ला केही महिनायता यहाँका एम–२३ नामको विद्रोही समूहले सशस्त्र हमला गरेकाले यस्तो दाबी गरेको हो ।
यस्ता हमलामा नागरिक पर्ने भएकाले उनीहरूलाई त्यहाँबाट विस्थापित हुने प्राप्त समाचारमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी एजेन्सीको एक रिपोर्टअनुसार यहाँका ९० हजार मानिस केही हप्तायता मात्र विस्थापित भएका छन् ।
कङ्गोको सरकारी सुरक्षा फौज र उक्त विद्रोही समूहका बिचमा पछिल्ला हप्ता भएका झडपमा नागरिक पनि पर्ने गरेका छन् ।
झडपका कारण स्थानीय नागरिक भागेर अन्यत्रै जाने गरेको राष्ट्रसङ्घीय एजेन्सीले जनाएको छ । खासगरी उत्तरी कङ्गोको किभु प्रान्तमा यस्तो विद्रोह भएको छ । सो विद्रोहमा परेर कम्तीमा पनि ९० हजार स्थानीय नागरिक त्यहाँबाट विस्थापित भएको र उनीहरूलाई मानवीय सहायताको खाँचो परेको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले बताउनुभयो । (रासस/सिन्ह्वा)