टिकापुर। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)ले कैलालीको टिकापुरस्थित विरेन्द्र विद्या मन्दिर संगठन निर्माण गरेको छ । मंगलबार संगठनका कैलाली जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हेमराज भट्ट र सुदूरपश्चिम प्रदेश सहसचिव टंक अवस्थीको बिशेष उपस्थितीमा सम्पन्न भेलाले इकाइ समिति गठन गरेको हो
Advertisement
१३ सदस्यीय समितिको अध्यक्षमा तपेन्द्र बजगाईं, सचिव जगष्त चौलागाईं र कोषाध्यक्षमा रोजा परियार तथा सदस्यहरुमा विकास जोशी, शैलेन्द्र शर्मा, महेन्द्र रावल, सन्तोष न्यौपाने, दिक्षा श्रेष्ठ, निशा धमला, लक्ष्मी शाही, पार्वती पाण्डे, दिपा भट्ट र खडक शाह रहनुभएको छ ।
अखिल (छैठौं) कैलालीको जिल्ला भेला यही माघ २५ गते हुँदैछ । जिल्ला भेलाको पूर्व सन्ध्यामा विभिनन विद्यालयहरुमा संगठन निर्माण भइरहेको अखिल (छैठौं) ले जनाएको छ ।

