• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान, तर पेशाले शिक्षक


  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • दाङ । घोराही–६ का खुसल डाँगी पेसाले शिक्षक हुनुहुन्छ । बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैँसी, १० वटा बाख्रा पाल्नुभएको छ । घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती गर्नुभएको छ । वरसिम घाँसबाट गाईवस्तु पाल्न सजिलोे भएको उहाँ बताउनुहुन्छ ।

    Advertisement

    पहिले तोरी, गहुँ र मसुरा खेती गर्ने त्यो जग्गामा अहिले वरसिम घाँस लगाउने गरेको उहाँ बताउनुहुन्छ । हरियो हँुदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र फल लागेमा बिक्री गर्न पाइने उहाँको भनाइ छ ।

    उहाँ भन्नुहुन्छ, “गाईवस्तुका लागि घाँस खोज्न भौँतारिनु परेको छैन, घर छेउको खेतबाट सजिलै घाँस ल्याउन पाउँदा समयको बचत पनि भएको छ ।” गत वर्ष रु एक लाखको वरसिम घाँस बेचेको उहाँले बताउनुभयो ।

    घोराही–१७ कर्जाहीका अनिल चौधरीले दुईवटा दुहुना भैँसी र आठवटा बाख्रा पाल्नुभएको छ । उहाँको मुख्य पेसा कृषि नै हो । उहाँले पनि घर नजिकैको १३ कट्ठा खेतमा वरसिम घाँस लगाउनुभएको छ । आफैँले बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गत वर्ष रु ७० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ ।” गँहु र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसान घाँस खेतीमा आकर्षण बढेको छ ।

    यसैगरी घोराही–७ का रुपक बुढाले पनि १३ कट्ठा खेतमा वरसिम घाँस खेती गर्नुभएको छ । वरसिम घाँँस एक याममा पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा धान उत्पादनमा समेत वृद्धि हुने उहाँको अनुभव छ । घाँस छरेपछि गोडमेल र स्याहार्ने झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेडा, बाख्रा र कुखुरालाई समेत यो घाँसले फाइदा पु¥याउँछ । उहाँले पनि गत वर्ष रु ९० हजारको घाँस बिक्री गर्नुभएको थियो ।

    किसानले आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने गरेको भए पनि दाङका किसानले घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषकहरुले व्यावसायिक रुपमा वरसिम घाँस खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–५, ६, ७ र १७ का किसान प्छिल्लो समयमा घाँस खेतीतर्फ आकर्षित बनेका छन् ।

    धान खेतीपछि वरसिम घाँस खेती गर्ने गरिन्छ । वरसिम घाँस एक वर्षीय हिउँदे कोसे घाँसबाली हो । यसलाई भुइँघाँस पनि भन्ने गरिन्छ । यो घाँस दूध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ ।

    बर्सातको समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । घोराही–६ का कृषकले १० कट्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन् ।

    पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ । दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–६ को गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाँउ, वेरगै, फचकपुर र अघरा घोराही–१७ को गैरागाउँका किसानहरुले वरसिम घाँस खेती गरेका छन् ।

    अहिले उक्त क्षेत्रमा रहेका एक सय ८० घरपरिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । जोत्न, मल हाल्नु नपर्ने तथा लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ ।

    उहाँका अनुसार जिल्लामा अहिले एक हजार दुई सय हेक्टरमा वरसिम घाँस खेती गरिएको छ । व्यावसायिक रुपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । गत वर्ष सङ्घले ३५ लाखको घाँस बिक्री गरेको थियो । यस वर्ष वरसिम घाँसको बीउ करिब ७० लाखको बिक्री हुने अनुमान गरिएको छ ।
    घोराही–६ मा २०५६ सालदेखि नै व्यावसायिक रुपमा घाँस खेती सुरु भएको थियो । घाँसको उत्पादन राम्रो भएपछि घाँसको बीउ बिक्रीका लागि शिवशक्ति घाँसको बीउ उत्पादक सङ्घको कृषि सहकारी स्थापना भएको हो । प्रतिकट्ठा ३० देखि ३५ केजीसम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाले तीन सय ३९ किसानलाई दुई हजार तीन सय ४८ किलो वरसिम घाँस ५० प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखाप्रमुख खिमबहादुर बस्नेतले बताउनुभयो ।
    हिउँदे घाँस वरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुन महिनामा काटेर गाईभँैसीलाई खुवाउन सजिलो हुन्छ । दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, पाल्पा, बाँके, बर्दिया, प्यूठान, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, कास्की, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा बिक्री हुने गरेको बताइएको छ ।
    कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गर्ने गरेका छन् । सङ्घले ग्रेडिङ गरेर प्रतिकिलो एक सय ६५ देखि दुई सय २० सम्ममा बिक्री गर्ने गरेको छ । वरसिम घाँसलाई घाँसको राजाका रुपमा पनि लिने गरिन्छ । यो घाँस गाई, भैँसी, बाख्रा, कुखुराले राम्रो मानेर खाने गर्दछन् । जिल्लामा गाई, भैँसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानहरुले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले जानकारी दिनुभयो ।
    पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले जानकारी दिनुभयो । खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको भट्टले बताउनुभयो । घाँस खेती गरेका किसानले हरियो घाँस, फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन् ।
    लमही नगरपालिकाका किसानलाई व्यावसायिक रुपमा पशुपालन गर्न प्रोत्साहित गराउने उद्देश्यले अनुदानमा घाँसको बीउ वितरण गरेको लमही नगरपलिकाका प्रमुख जोगराज चौधरीले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन भएको बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छाँै,” उहाँले भन्नुभयो । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको उहाँको भनाइ छ । (रासस)

    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.