काठमाडौँ । सरकारले मङ्गलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको छानबिन गर्ने निर्णय गरेको छ ।
Advertisement
२०७९ माघ ११ गते बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यले उठाएका विषयको छानबिन गर्न गृह मन्त्रालयले नै तदारुकताका साथ लाग्ने निर्णय भएको बताउनुभयो । उहाँले मन्त्रालयले सत्य तथ्य बाहिर ल्याएर छानबिनपछिको निष्कर्षअनुसार आवश्यक कदम चाल्ने बताउनुभयो ।
गृहमन्त्री लामिछानेले छानबिन रिपोर्टको आधारमा सरकारले काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।