• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘जनयुद्ध’ का कमान्डर तिलक : पेटमा गोलीका छर्रा बोकेर साउदी गए, कफिनमा फर्किए


  •   बुधबार, माघ ११, २०७९ मा प्रकाशित
  • काठमाडौं । जुम्लाको तातोपानी–३ तिलाकोटका तिलकबहादुर कार्की ‘हिमाल’ को साउदी अरबमा निधन भएको छ । ४० वर्षीय तिलकको पुस २७ गते सुतेकै अवस्थामा ज्यान गएको हो ।

    Advertisement

    गत वर्ष साउदी गएका उनी फलाम कारखानामा काम गर्थे । उनका आफन्त बखत कार्कीसँग एउटै कम्पनीका काम गर्ने र सँगै बस्ने गरेका तिलकको ह्रदयाघातका कारण निधन भएको अनुमान गरिएको छ ।

    माओवादी लडाकुका पूर्वसेक्सन कमान्डर ‘हिमाल’ २४ प्रतिशत ब्याजमा ऋण लिएर गत वर्ष माघ ९ गते साउदी गएका थिए
    । गोलीको छर्रा बोकेर साउदी गएका लडाकु कमान्डर एक वर्ष पनि नपुग्दै कफिनमा फर्किए ।

    तिलकका बाबुआमा, पत्नी, दुई छोरा र एक छोरी छन् ।

    पुस २७ गते निधन भएका तिलकको पार्थिव शरीर मंगलबार सात नेपाली श्रमिकको शवसहित त्रिभुवन विमानस्थलमा आइपुगेको हो । विमानस्थलमा शव बुझ्न आएकी तिलककी श्रीमती लक्ष्मी र १७ वर्षीया छोरा पारस निकै भावविह्वल देखिन्थे ।

    पहिलो पटक काठमाडौं आएका उनीहरुका लागि साउदीबाट शव कसरी झिकाउने भन्ने ठूलो समस्या परेको बताउँछन् ।

    जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीसँग सम्पर्क गर्दा उनले बेवास्ता गरेको तिलकका छोरा पारसले गुनासो गरे । बरु तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल (पारसकी माइजू) र जुम्लाबाटै समानुपातिक सांसद चुनिएकी छिरिङ लामाले सहयोग गरेको उनले बताए ।

    १२ दिनसम्म शव आइपुग्ने आशमा रोएरै बसेको पारस बताउँछन् ।

    वैदेशिक रोजगार बोर्डले तिलकको शव लैजान निःशुल्क शववाहनको व्यवस्था गरिदिएको छ ।

    भावविह्वल श्रीमती, छोरा र आफन्त तिलकको शव लिएर गृहजिल्ला जुम्ला लागेका छन् । उनको परम्पराअनुसार गाउँमै अन्त्येष्टि हुने छ ।

    ‘माओवादी जनयुद्ध’ का सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भइरहँदा उनलाई प्रधानमन्त्री बनाउन शरीरमा गोलीका छर्रा बोकेर हिँडेका लडाकु कमाण्डर तिलक परिवार पाल्न साउदी हानिएपनि आफ्नो सपना पुरा गर्न सकेनन् ।

    देश बदल्ने अठोट लिएका उनले आफू र आफ्नो परिवारको अवस्था बदल्न विदेश भासिनुपर्यो । वृद्ध बा–आमा श्रीमती र तीन छोरा छोरीको साहारा तिलक ४० वर्षको उमेरमै मृत्युबरण गर्न बाध्य भए ।

    बुधबार, माघ ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.