काठमाडौं । प्रतिशील पत्रकार संघ, नेपालको राष्ट्रिय सम्मेलन आगामी चैत २४ र २५ गते हुने भएको छ ।
Advertisement
शुक्रबार र शनिबार गरी दुई दिनसम्म ललितपुरमा बसेको संघको केन्द्रीय समिति बैठकले राष्ट्रिय जनआन्दोलन दिवसका अवसर पारेर चैत २४ देखि बुटवलमा सम्मेलन गर्ने निर्णय गरेको संयोजक श्याम पोखरेलले जानकारी दिनुभयो ।
बैठकले राष्ट्रिय सम्मेलन तयारीका लागि विभिन्न समितिहरुसमेत गठन गरेको छ । संयोजक पोखरेलको संयोजकत्वमा सम्मेलन मूल व्यवस्थापन समिति, सचिव प्रकाश थापा मगरको संयोजकत्वमा प्रचार प्रसार समिति, कोषाध्यक्ष विनोद पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।
सम्मेलनले विधान संशोधन गर्नुका साथै घोषणा पत्र र विशेष प्रस्ताव पारित गर्नेछ ।
