• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेकपा केन्द्रीय समिति बैठकः एमसीसी पारित गराउन अध्यक्षद्वय असफल


  •   आइतबार, माघ १९, २०७६ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ नेकपाको केन्द्रीय कमिटि बैठक सम्पन्न भएको छ । माघ १५ देखि १९ गते सम्म काठमाडौंमा बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

    Advertisement

    बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट परियोजना पारित गर्ने नेतृत्वको प्रयास असफल भएको छ । प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले ‘जसरी पनि एमसीसी संसदबाट पास गर्ने’ बताइरहँदा सत्तारुढ दलकै केन्द्रीय समितिबाट यो अनुमोदन हुन सकेन । एमसीसी विरुद्ध नेता भीम रावलको नेतृत्वमा बहुमत सदस्यहरु उभिएपछि नेतृत्वलाई संकट परेको हो ।

    नेकपाले सो विषयमा अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा ३ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । जसमा स्थायी कमिटी सदस्यहरु भिमवहादुर रावल र प्रदिप ज्ञवाली सदस्य रहेका छन् । उक्त कार्यदलले १० दिन भित्रमा अध्ययन गरी सचिवालयमा सुझाव पेश गर्ने र सोही सुझवका आधारमा पार्टीले निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    जीवित नेताको फोटो ब्यानरमा नराख्ने
    नेकपाले अबदेखि जीवित नेताको फोटो ब्यानरमा नराख्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकबाट आइतबार नेकपाले यस्तो निर्णय गरेको हो ।केन्द्रीय समितिको बैठकस्थलमा टाँगिएको ब्यानरमा अध्यक्षद्वय केपी ओली र प्रचण्डको तस्बिर राखिएकोमा नेताहरुले कडा आपत्ति जनाएका थिए ।

    ब्यानरमा नेकपाका संस्थापक नेता पुष्पलाल र मदन भण्डारीको फोटो राखिएको थियो । त्यस भन्दा तल अध्यक्षद्वयको फोटो राखिएको थियो । केन्द्रीय सदस्यहरुले अध्यक्षद्वयको फोटो हटाउन माग गरेपछि नेकपाले अबदेखि जीवित नेताको फोटो ब्यानरमा नराख्ने निर्णय गरेको हो ।

    भारतले निकालेको नक्सा अमान्य
    बैठकले भारतले हालै जारी गरेको नयाँ नक्सा अमान्य हुने निर्णय गरेको छ। भारतले हालै नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र आफ्नो भूभागमा समेटी नयाँ नक्सा जारी गरेको थियो । नेकपाले सो नक्सा अमान्य हुने घोषणासहित नेपाल सरकारलाई अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न सुझाव पनि दिएको छ । बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।

    २०७७ चैतमा महाधिवेशन
    बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०७७ चैत २५ देखि ३० गते सम्म सम्पन्न गर्ने निर्णय समेत गरेको छ । त्यस्तै जिल्ला अधिवेशन र प्रादेशिक अधिवेशन समेत आवश्यक तयारी गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै तीन महिने संगठनात्मक विस्तार तथा जनपरिचालनको विशेष अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

    त्यस्तै संघीय सांसदहरुको लेबीहरुमा एकरुपता कायम गर्ने निर्णय समेत बैठकले गरेको छ । सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चिततालाई कार्यान्वयनमा लैजाने निर्णय समेत गरेको छ । त्यस्तै बैकठले नोभल कोरोना भाइरसको संक्रमणका विषयमा सचेत रहने निर्णय समेत गरेको छ ।

    वामदेवलाई उपाध्यक्षको जिम्मेवारी
    बैठकले महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पनि पारित गरेको छ । संशोधित विधानमा पार्टीको उपाध्यक्ष रहने र त्यसअनुसार पार्टी स्थायी कमिटी सदस्य बामदेव गौतम उपाध्यक्षमा चयन हुनुभएको छ । त्यस्तै समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्तावहरु पारित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

    आइतबार, माघ १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.