काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको आरए–४१६ विमान भारतको कोलकाता डाइभर्ट गरिएको छ । सो विमान कम भिजिविलिटीका कारण अवतरण गर्न नसकेर फर्किएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
Advertisement
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको विमानस्थलका एक उच्च अधिकारीले बताए ।
यता आजै, बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ।
आज बिहान ७ बजेर २५ मिनेटमा उडेका श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो।
नेपालगन्जबाट काठमाडौंका लागि उडेको उक्त विमान भिजिबिलिटी कम भएपछि झापामा आवतरण गरिएको थियो।