• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

माघ १९ः शाही घोषणाको १५ वर्ष पुरा


  •   आइतबार, माघ १९, २०७६ मा प्रकाशित
  • काठमाडौं । आज माघ १९ । अर्थात तत्कालिन राजा ज्ञानेन्द्र शाहले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बिघटन गराई आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद गठन गरेको दिन ।

    Advertisement

    २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शाही घोषणा मार्फत २०४७ सालको संविधान अघोषित रुपमा निलम्बन गरेका थिए भने जनअधिकार कटौती गरी निरंकुश शासनको सुरुवात गरेका थिए । राजनीतिक दलका नेताहरुलाई घरभित्रै नजरबन्दमा र प्रहरी हिरासतमा राखिएको थियो । सडकमा नारजुलुशमाथि प्रतिवन्ध लगाइनुका साथै सञ्चारमाध्यमका अफिसमा सेना पठाएर समाचारमा सेन्सर लगाइएको थियो ।

    २०५९ असोज १८ को शाही घोषणालाई अझ कस्दै तत्कालिन राजाले २०६१ माघ १९ को अर्को घोषणा गरेका थिए । राजाको घोषणा विरुद्ध ७ दलले लगातार आन्दोलन जारी राखेको थियो भने सात दल र तत्कालिन माओवादीबीच दिल्लीमा भएको १२ बुुँदे सहमतिपछि आन्दोलनले ब्यापकता पाउन थाल्यो ।

    तत्कालिन अवस्थामा नेकपा (मसाल) र गिरिजाप्रसाद कोइरालाले नेर्तत्व गरेको नेपाली कांग्रेसले अन्तिमसम्म संसद पुनर्स्थापनाको माग गरेका थिए । अन्ततः सबै दल संसद पुनर्स्थापनाको एजेण्डामा सहमत भए भने १९ दिने आन्दोलन पछि विघटित संसद २०६३ साल वैशाख १२ गते शाही घोषणा मार्फत पुनर्स्थापना भयो ।

    राजाले गद्दी त्यागेसँगै पुनस्थापना भएको संसदले राजनीतिक रुपमा निर्णय गर्दै गयो। संसद पुनर्स्थापनापछि अन्तरिम संविधान र माओवादीसहितको अन्तरिम व्यवस्थापिका गठन भयो । १२ बुँदे समझदारी र त्यसपछि २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता अनि अन्तरिम संविधानसम्म आइपुग्दा राजाका अधिकार कटौती हुँदै गए । २०६४ चैतमा संविधानसभाको पहिलो निर्वाचन भयो र, २०६५ जेठ १५ गते बिधिवत रुपमा राजतन्त्रको अन्त्य भयो ।

    यद्यपी पहिलो संविधानसभाले संविधान घोषणा गर्न सकेन। दोस्रो संविधानसभाको निर्वाचन गराउन तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद गठन गरियो । रेग्मी नेतृत्वको सरकारले दोस्रो संविधानसभा निर्वाचन गरायो ।  २०७२ असोजमा संविधानसभाबाट नयाँ संविधानको घोषणा भयो । जसअनुसार अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था चलिरहेको छ ।

    लोकतान्त्रिक व्यवस्था स्थापना भएलगत्तै लागू गरिएको संघीयताले नेपालको राष्ट्रियता र भौगोलिक अखण्डतालाई कमजोर बनाउँदै गएको सर्वत्र महसुस गरिएको छ ।

    आइतबार, माघ १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.