देउखुरी । लुम्बिनी प्रदेश सभाका सभामुख र उपसभामुख निर्विरोध निर्वाचित भएका छन् ।
Advertisement
सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध चयन भएका हुन् ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुखमा घर्ती र उपसभामुखको लागि खाणको प्रस्ताव मात्र पेश भएको थियो ।
सचिवालयमा पनि सभामुखको लागि घर्तीको मात्र उम्मेदवारी दर्ता भएको थियो । प्रस्तावप्रति राप्रपा सांसद आशिषकुमार चौधरीले समर्थन जनाएका थिए।
सभामुखमा निर्विरोध निर्वाचित भएका तुलाराम पाल्पा क्षेत्र नम्बर २ ख का सांसद हुन्। अघिल्लो कार्याकालमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
उपसभामुखमा पनि एक मात्र प्रस्ताव बैठकमा पेश भएपछि खाणलाई पनि ज्येष्ठ सदस्य डिल्लीराज भुसालले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।