• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कैलालीका एक युवकको भारतको महाराष्ट्रमा हत्या


  •   मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
  • लम्की । कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आउनुभएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा पार्वती कामीले बताउनुभयो ।

    Advertisement

    गत पुस २६ गते रोजगारीको सिलसिलामा भारतको आलिबागमा रहेका छोराको बीभत्स हत्या गरिएको भन्दै आमा उहाँले वावनपुर घर भई आलिबागमा बस्दै आएका सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीको नाममा किटानी जाहेरी दिनाका साथै यही माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा पनि उजुरी दिएको बताउनुभयो । हत्यामा संलग्न टोपु विक र मनोज विक सहोदर दाजुभाइ हुन् । छोराको मृत्युको खबर सुनेपछि गत पुस २७ गते नेपालबाट आफू भारत गएको र हत्या नै भएको पुष्टि भएपछि किटानी जाहेरी दिएको पार्वतीले जनाउनुभयोे ।

    उहाँले भन्नुभयो, ‘छोरासँगै होटेलमा काम गर्ने नातामा मामा पर्ने सागर विकले छोराको हत्या भएको जानकारी दिएपछि हामीले थाहा पायौँ । केही समयपछि सामाजिक सञ्जालमा छोराको फोटा र भिडियो पनि बाहिरिएको थियो । फोटा र भिडियोमा पनि प्रस्टरुपमा हत्या भएको देखियो । घटनापछि भारतमा पुग्दा र घटनास्थलमा बुझ्दा नेपाल घरमा फोन गरेर हत्या भएको जानकारी दिने सागर विक नै हत्यामा संलग्न रहेको पाइयो ।’

    उहाँले भन्नुभयो, ‘जुन दिन रातिको समयमा हत्या भयो त्यही दिन दिउँसो घरमा छोराले फोन गरेको थियो । आफू सन्चै रहेको र तलब आएपछि पैसा पठाइदिन्छु भनेको थियो । अर्को दिन त छोराको हत्या भएको खबर सुनियो ।’ एउटा मात्र छोराको बीभत्सरुपले हत्या गरिएकाले दोषीलाई कारबाही गरी न्याय दिलाउन पार्वतीले नेपाल सरकारसँग अनुरोध गर्नुभयो ।

    हत्या भएको भनिएको दिन सबै केटाहरु छोरा कमलकै कोठामा बसेका रहेछन् ।सँगै खानपिन गरेको र विवाद पनि भएको भन्ने सुनिएको र रातिको समयमा उसका साथीहरुले नै हत्या गरी फरार भएको घटनाले देखाएको छ । एक वर्षअघि काम गर्न भनेर सिमला पहाड गएको भाइ पछि आलिबाग गएको करिब दुई महिनापछि हत्या भएको दिदी सपना विकले बताउनुभयो ।

    आफूले छोराको शव राम्ररी हेरेको र बीभत्स अवस्थामा शव भेटिएको थियो । पूरै चिरिएको शरीरमा पन्चिङका निशानहरु देखिन्थे । ठाउँठाउँमा रगत र नीलडाम देखिन्थ्यो । शरीरको माथिल्लो भागको कपडा निकालेर खुट्टा उल्टा पारी मुख र घाँटी च्यापेको, सेतो कपडाको डोरीले घाँटी कसेर हत्या गरेको शव नजिकबाट देखेका एक भारतीय नागरिकले समेत हत्या नै गरिएको बताएका थिए ।

    घटनापछि भारत पुग्नुभएका रमेश विकले मृतकको घाँटीमा गहिरो घाउ देखिएकाले कमलको हत्या नै भएको आशङ्का गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘कमलको हत्या गरिसकेपछि आफैँ आत्महत्या गरेको हो भन्ने देखाउनका लागि कोठाको पङ्खाको एउटा पातामा मात्र डोरी बाँधिएको थियो । जसबाट आत्महत्या गर्न सम्भव छैन । हत्या गरेर कोठाबाट बाहिर निस्केर फरार हुने बेलामा उनीहरुले ढोका आफैँ बन्द गरेको प्रस्ट देखिन्छ । त्यो ढोकामा इन्टर लक भएकाले हत्या गर्नेहरुले नै ढोका बन्द गरेको बुझिन्छ ।’

    प्रहरी घटनास्थलमा पुग्दा ढोकाको इन्टरलक तोडेको र ढोकाबाहिर ताला लागेको भिडियो सामाजिक सञ्जालमा आएको हरिषचन्द्र विकले बताउनुभयो । शव उल्टो र दुवै खुट्टा खुम्चेको अवस्थामा थियो । शरीरमा जताततै नीलडाम हुनाले पनि हत्या भएको प्रस्ट भएको र कमलकै कोठामा बसेका साथीहरुले नै हत्या गरेको बुझिएकाले उनीहरुको नाममा जाहेरी दिएको आमा पार्वतीले बताउनुभयो । ‘उहाँले भन्नुभयो, न्यायका लागि भारतमा सजिलो अवस्था नेपालीका लागि रहेनछ । दोषीलाई पक्राउ गरी कारबाही गर्न र पीडित म एकल महिला र मेरो छोराको न्यायका लागि सहयोग गरिदिन भारतमा रहेका नेपाली दाजुभाइ, सङ्घसङ्गठन, भारत सरकार र नेपाल सरकारसँग अनुरोध गर्दछु ।’रासस

    मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.