सुर्खेत । जुम्लामा आज (सोमबार) भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
Advertisement
दिउँसो करिब ४ बजे जुम्लाको पातरासी गाउँपालिका–६ को कोटा भिर भन्ने ठाउँमा ग १ ज ४०३५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा पातरासी गाउँपालिका–१ खालाढिक बस्ने ४२ वर्षीया छोजुम लामा रहेकी छन्।
घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
उक्त जीप ब्याक गर्ने क्रममा सडकबाट ५० मिटर तल तिलानदीको किनारमा खसेको प्रहरीले जनाएको छ ।
जीप जुम्ला सदरमुकामदेखि पातरासी गाउँपालि–४ तर्फ गइरहेको थियो।
चालक फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।