• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे संक्रान्ति


  •   आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
  • शंकर श्रेष्ठ,मलेखु ।
    माघे संक्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

    Advertisement

    विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ १ गते धादिङ, नुवाकोट र रसुवाको ठाउँठाउँमा गोरु जुधाइ मेला मनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने उद्देश्यले धादिङ जिल्लाका मैदीकोट, धुवाकोट, सल्यानटार, खाल्टेलगायत ऐतिहासिकस्थलमा गोरु जुधाइएको छ ।

    सुरुका वर्षमा नेपाल पर्यटन बोर्डले चासोका साथ प्रचार थालेको गोरु जुधाइ मेलालाई अहिले स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनको एउटा पाटोको रूपमा लिएको छ । धादिङ ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्याल भन्नुहुन्छ, ‘पर्यटन प्रवद्र्धनसँगै संस्कृतिको विकासको रुपमा पनि गोरु जुधाइलाई लिएर गाउँपालिकाले कार्यक्रमको व्यवस्थापन गरिरहेको छ ।’

    माघे संक्रान्ति भन्ने वित्तिकै देशका विभिन्न ठाउँमा घ्यू, चाकु, तरुल खाएर मनाइने प्रचलन रहेको छ तर धादिङ, नुवाकोट, रसुवा, गोरखालगायत पहाडी जिल्लामा भने गोरु जुधाइको रौनक छुट्टै छ । बलवान् गोरुहरूबीच रोचक घम्साघम्सी हेर्न सहर बजारमा रहेका पनि गाउँ फर्किने गरेका छन् । आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एक मात्र गोरु जुधाइ मेला विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको ‘बुलफाइट’ पनि बिर्साउने भिन्दै आकर्षण बनेको स्थानीयवासी बताउँछन् । ‘एक दशक अघितिर कतैकतै मात्रै गोरु जुधाइन्थ्यो, पछिल्लो वर्षमा यसको आकर्षण निकै बढेको छ’, हरेक वर्ष गोरु जुधाउनका लागि गोरु पाल्दै आउनुभएका मैदीका टेकबहादुर तामाङ भन्नुहुन्छ, ‘अहिले त जताततै गोरु जुधाउन थालियो, युवा पुस्ताको आकर्षण पनि निकै बढेको छ ।’

    जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्त्व पनि जोडिएको छ । माघे सङ्क्रान्तिको उत्सवअन्तर्गत एउटा परम्परा हो गोरु जुधाउने । ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो पुरानो परम्परा जोगाउने र संरक्षण गर्ने क्रममा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको मैदीकोट खड्गदेवी मन्दिर व्यवस्थापन समितिका सचिव नरेन्द्र शाहले बताउनुभयो ।

    रसुवाको बेत्रावती नेपाल र तीब्बतबीचको भोट युद्धको सन्धि भएको स्थलमा मानवबीच पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय जानकार बताउँछन् । अर्कोतिर बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्वदन्ती छ ।

    पहिलापहिला छिमेकीले रमाइलो स्वरूप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगिताका रूपमा गोरु जुधाइँदै आएको छ । बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका गोरु जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शक देखिन्छन् । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । कुन गोरु कुनसँग जुधाउने, उमेर र आकार हेरेर निर्क्योल गरिन्छ ।

    कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाएर मनोरञ्जन लिने धादिङ, नुवाकोट र रसुवा जिल्लाको यो सदियौँ पुरानो परम्परा हो । बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुका आउँदा भान्जालाई देखाउनको लागि सुरु गरिएको गोरु जुधाउने परम्परा पछिल्लो वर्षमा धादिङको थुप्रै स्थानमा सुरु भएको छ ।रासस

    आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.