धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीले फागुन महिनाभर जिल्लामा सांगठनिक अभियान सञ्चालन गर्न योजना बनाएको छ । शनिबार गोदावरी नगरपालिकाको अत्तरियामा सम्पन्न भेलाले १ महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय सहित दुई टोली निर्माण गरेको राजमो जिल्ला सचिव जगत जोशीले जानकारी दिनुभएको छ ।
जिल्ला अध्यक्ष दयाराम सञ्ज्यालको नेतृत्वमा ९ सदस्यीय टोली जिल्लाको पूर्वी भागमा परिचालित हुनेछ भने जिल्ला सचिव जगतप्रसाद जोशीको नेतृत्वमा ११ सदस्यीय टोली जिल्लाको पश्चिमी भागमा परिचालित हुनेछ ।
पूर्वी टोलीको अन्य सदस्यहरुमा चन्द्र बहादुर विष्ट, मिलन शाही, खगेश्वर शर्मा, तिलक परियार, शिबराज रेग्मी, गिता भट्ट, राज बहादुर शाही र हेमराज भट्ट तथा पश्चिमी टोलीका सदस्यहरुमा कृष्ण बिक, शेर बहादुर बि क, हर्क बिक, बिक्रम बिश्वकर्मा, गोर बहादुर बिक, राज बहादुर तिरुवा, उमेश कँडेल र यकेन्द्र कँडेल रहनु भएको छ।
फागुन १ गते गोदावरीबाट संगठन निर्माण अभियानको उदघाटन हुनेछ ।
जिल्ला अध्यक्ष दयाराम सन्ज्यालको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन सचिव जगत जोशी र स्वागत उपाध्यक्ष शिबराज रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य नन्दराज भट्टले राजमोले फागुन महिनामा देशभर सञ्चालन गर्न लागेको एक महिने सांगठनिक अभियानबारे जानकारी गराउनुभएको थियो ।
भेलामा बामपन्थी नेता आरसी भट्ट, राजमो प्रदेश समिती कोषाध्यक्ष केशवनाथ योगी, प्रदेश समिती सदस्य लक्षिराम आचार्य, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खडक राना, जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियार, अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य उमेश कँडेल, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष कुन्ती पान्डेय, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य बाबुराम आचार्य लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो।